Comments Add Comment

एमालेमा मधेसी र थारु नेताको सामुहिक सपथग्रहण

ओलीले भने-आउने चुनावमा मधेसको पनि पहिलो शक्ति बन्छौं

१३ चैत, काठमाडौं । नेकपा एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले आइतबार पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथग्रहण गराएका हुन् ।

सपथग्रहण गर्नेमा सिराहाका धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल छन् ।

त्यस्तै धनुषाका रत्नेश्वर गोइत, सर्लाहीका रविन्द्र बैठा, धनुषाकै यदुवंश झा, हरिनारायण महतोले पनि सपथग्रहण गरेका छन् ।

रघुवीर महासेठ र लालबाबु यादवले यसअघि नै दमकमा सपथग्रहण गरेका थिए ।

वैकल्पिक केन्द्रीय सदस्यहरु कैलालीका नारदमुनी राना, धनुषाकी जुली महतो, उदयपुरकी मन्जु चौधरी, दाङकी शान्ता चौधरी, झापाका हरि राजवंशी, रौतहटकी सरला यादव, धनुषाका सुधीर साह, महोत्तरकिा सरोज यादवव र बाँकेका मोहम्मद हारुनले पनि सपथग्रहण गरेका छन् ।

गत फागुन २० मा झापाको बिर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले मधेसी र थारु नेताहरुलाई सामुहिक रुपमा केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।

सपथग्रहण समारोहमा अध्यक्ष ओलीले मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु एकजुट भए पनि आगामी चुनावमा जित्ने गरी लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।

उनले मधेसी जनता राष्ट्रिय स्वाभिमानको पक्षमा इतिहासदेखि नै निरन्तर रहेकाले एमाले मधेसको पहिलो शक्ति हुने बताए । उनले मधेसमा पार्टी संगठन सुदृढ गर्दै आउने चुनाव जित्ने गरी आ- आफ्नो कार्यक्षेत्रमा लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment