Comments Add Comment

हेर्नुहोस्, तपाईले भोट हाल्ने मतपत्र (नमूनासहित)

१८ चैत, काठमाडौं । निर्वाचन आयोगले तयार पारेको नमूना मतपत्र सार्वजनिक भएको छ । धेरै दलहरुलाई समेट्नुपर्ने भएकाले मतपत्र निकै भद्दा देखिएको छ ।

चुनाव चिन्ह छान्न सर्वसाधारणलाई निकै सकस पर्ने देखिन्छ, जसका कारण निर्वाचन आयोग र दलले निर्वाचन शिक्षा कार्याक्रममा व्यापक बनाउनुपर्ने देखिएको छ ।

कस्तो छ मतपत्र ?

मतपत्र सेतो कागजमा नीलो मसीले प्रिन्ट भएको छ । मतपत्रको आकार भने ६ साइजको हुनेछ । तपार्इको जिल्लामा धेरै दलले चुनावमा भाग लिएका छन् भने तपाइले ठूलो आकारको मतपत्र पाउनुहुनेछ । यदि थोरै संख्यामा दलहरु छन् भने साना आकारको मतपत्र पाउनु हुनेछ ।

उक्त मतपत्रमा क्रम संख्या १ देखि २७ सम्म दलको चुनाव चिन्हमा निर्वाचन लड्न पाउने हालको व्यवस्थापिका संसदमा बहाल दलहरुको चुनाव चिन्ह हुनेछ । त्यहाँ दलको नाम लेखिएको हुँदैन । आफूलाई मन पर्ने दलको चुनाव चिन्ह मात्र राखिएको हुन्छ । र त्यसै दलको चिन्हमा मत संकेत गरेर उक्त दललाई मत दिन सकिनेछ ।

एउटा मतदाताले ७ ठाउँमा मत संकेत गर्न सक्नेछन् । मतपत्रमा तेर्सो ७ वटा कोठा हुन्छन् । हरेक कोठामा दलको चुनाव चिन्ह हुन्छ । त्यो भन्दामाथि उम्मेदवारको पद लेखिएको हुन्छ ।

आफुले जुन पदको र जुन दलको उम्मेदवारलाई मत दिन चाहेको हो, त्यही पदको तल आफुले चाहेको चिन्हमा मत संकेत गर्नुपर्छ । यसरी स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्लातर्फका सदस्य निर्वाचित गर्न सकिनेछ ।

निर्वाचन आयोगले चैत २० गतेदेखि आयोग परिसरमै छपाइ मेसिन जडान गरेर मतपत्र छाप्ने तयारी गरिरहेको छ । यस्तै आयोगले चैत अन्तिम साताबाट देशभर एकसाथ मतदाता शिक्षा अभियान चलाउने गृहकार्य गरिरहेको छ । त्यसका लागि आयोगले नमूना मतपत्र छापिरहेको छ ।

विभिन्न ६ आकारको मतपत्र छापेको आयोगले सोही आकार र प्रकारका नमूना मतपत्र तयार पारेको छ । तर, नमुना मतपत्रमा भएको चुनाव चिन्ह भने आधिकारिक होइनन् ।

हेर्नुहोस् नमूना मतपत्रको तस्वीर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment