आइतबार, ११ असार, २०७४
OnlineKhabar.com

टोफेल पास नगरी श्रम सहचारी बन्न नपाइने

अनलाइनखबर

६ बैशाख, काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तब्यका श्रम सहचारी नियुक्तिको कडा मापदण्ड बनाइएको छ । यसले शक्ति केन्द्रको भनसुन र पैसाको भरमा श्रम सहचारी हुन रोक्ने विश्वास लिइएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले कडा प्रावधानसहित कार्यबिधि पारित गर्दै नयाँ मापदण्ड बनाएको छ । जसअनुसार अब टोफेल र आइएलटीएसमा न्यूनतम ५ अंक ल्याउनेहरु मात्र श्रम सहचारी बन्न पाउने छन । पीटीई परीक्षामा ३५ अंक ल्याएकाले पनि श्रम सहचारीमा दाबी गर्न सक्नेछन् ।

साथै सवारी चालक अनुमतिपत्र पनि अनिवार्य गरिएको छ भने निजामति सेवामा कम्तिमा अधिकृतस्तरमा ३ वर्ष सेवा गरेकै हुनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका प्रवक्ता गोबिन्दाणि भुर्तेल नयाँ कार्यविधिले भाषा सिकेको प्रमाणपत्र ल्याएकै भरमा सहचारी बन्ने प्रवृत्ति अत्त्य गर्न सहयोग पुग्ने बताउँछन् । ‘भाषा कमजोर भएकै कारण श्रम सहचारी र काउन्सिलरले कामदारलाई परेको समस्या प्रष्ट रुपमा राख्न नसक्ने समस्या अब हट्छ’ भुर्तेलले भने ।

नयाँ कार्यबिधिले भाषामात्र हैन, अन्य सर्त पनि कडा बनाएको उनले जानकारी दिए ।

यसअघि नै मस्यौदा भएर लागू हुने चरण थियो । तर, दीपक बोहोरा श्रम मन्त्री भएका बेला मन्त्रालय भित्रैबाट फाइल गायब बनाइएको थियो । यसलाई हालका श्रममन्त्री सूर्यबहादुर गुरुङले ब्युँताएर पारित गराएका छन् ।

बिगतमा अन्य मन्त्रालयमा रहेकाहरु सेटिङ मिलाएर श्रम मन्त्रालयमा आउने र मोटो रकम बुझाएर श्रम सहचारी बनेर विदशे जाने प्रचलन ब्याप्त थियो । अहिले मन्त्रालयमै काम काम गरेका र कामदारको हित थथा विदेशी कानुन, आप्रवासी कामदारको मुद्धा र बिषयवस्तुमा जानकारी भएकाहरुलाई प्राथमिकता दिनेगरी मूल्याङ्कन बिधि बनाएको छ ।

अब पैसा खुवाएरै श्रम सहचारी बन्ने सम्भावना सकिएको मन्त्रालयले जनाएको छ । कम्तीमा अंग्रेजी भाषामा दक्ष र विषयवस्तुको ज्ञान हुनैपर्ने प्रावधानले अयोग्य ब्यक्ति जानबाट केही हदसम्म रोक्ने अपेक्षा गरिएको छ ।

अहिले खाडीका ५ राष्ट्रसहित मलेसिया र कोरियामा श्रम सहचारीहरु पठाउने गरिएको छ । मलेसियामा श्रम काउन्सिलर र सहचारी दुबै छन् ।

२०७४ वैशाख ७ गते ८:१६ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Biplop Dhakal लेख्नुहुन्छ    |   २०७४ वैशाख ६ गते २२:४४

    yo ta sarasar bideshi hastachep vayenara. Bichara garib Nepali haruko paisa kati bidesh pathaune. Tha 6 toefl or Ielts dina lai kamtima 20 hazar lag6. Yesto pani gar6an kuruka Nepali le nai Nepali exam diye baihalyo ni. Yo Ielts ra toefl ma pakai bideshi hastachep 6. Kati ko ghus kha6 kunni yo pranali laune harule.

    4
    28
    Share

  • BB लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १४:१६

    अब श्रम सहचारिको लागि लोकसेवा बाटै परिक्षा लिनुपर्छ।चाकरि र चाप्लुसिको भरमा प्रत्यक पटक मापदण्ड शसोधन गरि मुठिभरका कर्मचारिहरुको अभिष्ट पुरा गर्ने समुह माफिया तन्त्र लाई तहसनहस बनाउनु पर्छ ,त्यसो नहुदासम्म श्रम सहचारि पठाउने प्रक्रिया बन्द गर्नु पर्छ।मोलमोलाइ को चरण अन्त हुनहपर्छ।

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this