शुक्रबार, १५ वैशाख, २०७४
OnlineKhabar.com

राजपा बन्यो मधेसको ठूलो पार्टी, अब चुनावमा आउला ?

मध्यरातमा मधेसी नेताले भने- हाम्रो आत्मा मिल्यो

अनलाइनखबर

७ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँचवटा पार्टीबीच बुधबार मध्यरातमा एकता भएको छ । पार्टी एकताको औपचारिक घोषणा बिहीबार अपरान्ह हुँदैछ । पाँच पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अब मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।

नयाँ दल राजपामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक आवद्ध भएका छन् ।

अनिल झा नेतृत्वको नेपाल सद्भावना पाटर्र्लिई पनि एकता प्रक्रियामा सामेल गर्ने प्रयन्त भइरहेको नेताहरुले बताएका छन् ।

बुधबार राति एक बजेसम्म भएको डिनरसहितको छलफलले पार्टी एकताको टुंगो लगाएको हो । एकताको घोषणा ब्हिीबार अपरान्ह डिल्लीबजारस्थित अमृत भोग पार्टी प्यालेसबाट गर्न लागिएको नेता राजकिशोर यादवले अनलाइनखबरलाई जानकारी दिए ।

पार्टी एकता भएपछि तराई मधेसका विभिन्न जिल्लामा ब्याण्ड बाजासहित उत्सव मनाउन र बिहीबार साँझ दिपावली गर्न नेताहरुले जिल्लाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मधेसको ठूलो पार्टी

हाल मधेसमा अस्थित्वमा रहेका मधेस केन्दि्रत दलहरुमध्ये संसदमा प्रतिनिधित्वका आधारमा राजपा सबैभन्दा ठूलो दल बनेको छ । अब संसदमा यो दलको सीट संख्या २३ पुगेको छ ।

हाल संसदमा तमलोपाको ११ सीट छ भने सदभावनाको ५ सीट छ । रामसपा र तमसपाको ३/३ सांसद छन् भने गणतान्त्रिक फोरमको १ सीट छ । यो सबै जोड्दा अब नयाँ पार्टी २३ सीटको बनेको छ ।

संसदमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको १६ सीट छभने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सीट छ भने । यो आधारमा हेर्दा अब राजपा संसदमा पाँचौं दल बन्न पुगेको छ । ३७ सीट रहेको चौथो शक्ति राप्रपा पछाडि राजपाको स्थान बनेको छ ।

पाँचजनाको अध्यक्ष मण्डल, चुनावचिन्ह छाता

पार्टी एकताका लागि भएको सहमति अनुसार पाँच पार्टीका अध्यक्षहरु रहेको अध्यक्ष मण्डल गठन गरिएको छ, जसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादव र राजकिशोर यादव रहनेछन् ।

पाँचै दलका पदाधिकारीहरु सम्मिलित पदाधिकारीको संयन्त्र रहनेछ । तर, नीतिगत निर्णयहरु लिनका लागि राजनीतिक समिति गठन गरिने सहमति भएको अध्यक्ष मण्डलका नेता राजकिशोरले अनलानइनखबरलाई जानकारी दिए ।

आगामी एक वर्षभित्र महाधिवेशन गर्ने र त्यसअघि अध्यक्ष मण्डलले सामुहिक नेतृत्वका आधारमा पार्टी चलाउने समझदारी भएको यादवले बताए ।

कुनै पनि कार्यक्रम वा बैठकहरुमा पार्टीका तर्फबाट एकजनाले प्रतिनिधित्व गर्नुपर्ने भए कसले प्रतिनिधित्व गर्छ ? यो प्रश्नमा यादवले भने-‘त्यहाँ महन्थ ठाकुरजी जानुहुन्छ ।’

तर, अध्यक्ष मण्डलका अध्यक्षहरुको कुनै बरियता नतोकिएको र सबैको स्टाटस समान हुने उनले बताए ।

नयाँ पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित सहभागितामूलक समावेशी लोकतन्त्र’ रहने यादवले जानकारी दिए । नयाँ पार्टीको झण्डा तीन रंगको हुनेछ । सबैभन्दा माथि रातो रंग हुनेछ भने वीचमा सेतो रंग हुनेछ । आधारमा हरियो रंग हुनेछ । क्रान्ति, शान्ति र समृद्धिको प्रतीकका रुपमा तीन रंग राखिएको नेताहरुले बताएका छन् ।

झण्डाको वीचमा पार्टीको चुनावचिन्ह रहने बताइएको छ । साझा पार्टीको चुनावचिन्ह छाता प्रस्ताव गरिएको छ । नेपाललाई छाताको रुपमा विकास गर्नका लागि यस्तो चुनाव चिन्ह प्रस्ताव गरिएको एक नेताले बताए ।

पाँच पाण्डवको चर्चा

बुधबार राति पार्टी एकताबारे छलफल भइरहँदा केही नेताहरुले पाँचजना शीर्ष नेतालाई पाँच पाण्डवको संज्ञासमेत दिन भ्याए ।

उनीहरुले महन्थ ठाकुरलाई सबैका जेठा दाजु, युधिष्ठिरजस्तै निष्ठावान र सत्यवादी नेता भएको बताए भने भीष्मको संज्ञा चाहिँ महेन्द्य्र यादवलाई दिए ।

पार्टी एकतासम्बन्धी बैठकमा राजेन्द्र महतोले भावुक हुँदै आफ्नो २७ वर्षे राजनीतिक जीवनमा आजको दिन जति खुशी कहिल्यै नलागेको बताए ।

पार्टी एकताका लागि ‘चाणक्य’को भूमिका खेलेका राजकिशोर यादवले पार्टी एकताबाट उत्साह जागेको बताउँदै अनलाइनखबरसँग भने- ‘मैले सुरुमा पार्टी एकताको प्रयास थालनी गर्दा कतिपय नेतावीच बोलचालसम्म थिएन । तर, बुधबार राति एक अर्कालाई खाना सर्भ गर्दै नेताज्युहरुले भन्नुभयो कि हामीवीच पार्टी एकतामात्रै भएको होइन, आत्माको एकता भएको हो ।’

यादवले अघि भने-‘यो एकताले निकै ठूलो सन्देश दिएको छ, यो दलहरुको एकता हैन, मधेस आन्दोलनको एकता हो, मधेसका जनताको भावनाको एकता हो । जनताले हामीलाई एक भएर आउ भनेका थिए, त्यसलाई हामीले पूरा गर्‍यौं ।’

अन नयाँ पार्टीलाई व्यवस्थित बनाएर मधेसको मात्रै होइन, देशकै एउटा बैकल्पिक शक्ति बनाउने यादवले बताए ।

अब चुनावमा आउला ?

आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय चुनावका विषयमा नयाँ पार्टी राजपाले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । सम्भवतः बिहीबार अपरान्ह हुने एकता घोषणा सभामा नेताहरुले यसबारे केही संकेत देलान् ।

सरकारले यदि मधेसी मोर्चा निर्वाचनमा भाग लिन्छ भने दुई चरणमा चुनाव गर्न सकिने बताउँदै आएको छ । एमालेले पनि यसमा सकारात्मक हुन सकिने संकेत दिइसकेको अवस्था छ ।

तर, चुनावको बारेमा प्रश्न गर्दा नेता राजकिशोरले भने, ‘हामीले चुनावका बारेमा केही सोचेकै छैनौं । हामी अहिले पार्टी एकतालाई पूर्णता दिने अभियानमा छौं ।’

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई शुक्रबार बिहान छलफलका लागि बालुवाटार बोलाएका छन् । त्यहाँ प्रधानमन्त्रीको कुरो सुनिसकेपछि पार्टीले आन्तरिक छलफल गरेर आफ्नो धारणा बनाउने यादवले बताए । तर, अहिलेसम्म आफूहरुको प्राथमिकता चुनाव नभएर संविधान संशोधन रहेको यादवले स्पष्ट पारे ।

२०७४ वैशाख ७ गते १३:५५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३३ प्रतिकृयाहरू प्राप्त
  • dinesh kandel लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:२७

    AJA YEKATA..BHOLI FUTCHHAN

    51
    18
    Share

  • आकाश शर्मा लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:४१

    अत्यन्तै राम्रो, मधेशको साथै राष्ट्रिय हितलाई सर्वोपरी राखी गतिविधि अगाडि बढोस् l मधेशका जनता आन्दोलन, बन्द, हड्ताल, जुलुस आदिबाट आक्रान्त बनिसके अब उनीहरू शान्ति र विकास चाहन्छन l

    113
    4
    Share

  • anjan लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:४१

    rajapa ra vajapa ustai ustai vayena ra? kuro

    53
    20
    Share

  • Kakes लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:४२

    पार्टीको नाम-: अखन्ड् हिपात पार्टी(हिमाल पहाड तराइ) तथा सबिधान सम्सोधनमा पाच् बिकास क्षेत्रलाई पाचवटा प्रेदेशमा र राष्टिय सभामा प्रेत्येक् प्रेदेशबाट २ जना महिला सहित् ९ जना बाकि प्रेत्येक् २० लाख भोट् बराबर एकजना राष्टिय सभाकोलागी छान्ने प्रस्ताब् हुनुपर्‍यो । आउने सम्सदिय चुनावमा महन्त ठाकुर प्रधानमन्त्री पक्का । यो 3 जनताको करोड जनताको चाहनाको कुरा हो । यदी मोर्चाले आम ३ करोड नेपालीको मन जित्न चाहन्छ भने राष्ट् र जनताको चाहना अनुसार स्ट्रोङ राजनीतिक गर्न चाहन्छ भने आखिर यो गर्दा पनि भयन त्यो गर्दा नि भएन भने अब यो पाच् बिकास क्षेत्र पाच् प्रदेशको मुद्दालाई लास्ट बाटम लाइन बनाओस र त्यही प्रदेश भित्र आफ्नो हक अधिकार पहिचान स्थापित गर्ने कोशीस गरोस । पक्का पनि ईतिहासको पानामा गोल्डेन अक्षरले तिमीहरूको योगदान लेखिनेछ । शान्ती प्रकृयामा गिरिजा र प्रचन्डको भन्दा ठुलो मुल्यकन हुनेछ ।

    25
    4
    Share

  • naresh yadav लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:५०

    It is must great work for all

    44
    8
    Share

  • dipak लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते ११:५८

    जबसम्म भुगोलको जातभातको क्षेत्रको कुरा गर्छौ तबसम्म पक्ष पान्डब हैन १०० कौरव नै रहन्छौ । कहिल्यै राष्टिय पार्टी हुन सक्दैनौ । आज जती खुशी कहिल्यै भईन भन्ने राजेन्द्र महतोले सेन्तेरमको ताल्मा भनेको त हैन ? कुनै क्षेत्रको आवाज मात्र बोक्ने हैन समस्त राष्ट र जनताको भावना बोक्ने गर राष्टिय पार्टी हुनलाई ।

    20
    4
    Share

  • Roshan Dhungana लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:०१

    आशा छ अरुको आडमा हैन आफ्नै बलबुताको राजनैतिक देशको लागि हितकारी हुन्छ भन्ने भावना जागृत हुनेछ र आशा छ बिगतको अनुभवले मधेश हैन “नेपाल देश” नै बनाउनु पर्छ भन्ने धारणा आउनेछ !

    10
    0
    Share

  • राजन सिंह लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:०५

    मधेसी जनताको पसिना र बलिदानको पहिचान हो यो एकता
    मधेसी जनताको रगत को निसान हो यो एकता

    7
    26
    Share

  • nishan लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:२१

    एकता हुनु राम्रो हो । यसले नेपाली जनताको पक्षमा सकारात्मक परिणाम ल्याए मात्र यसको सार्थकता देखिने छ । तर विगत हेर्दा विश्वास गर्न गाह्रो छ ।

    17
    1
    Share

  • कृष्ण गिरी लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:२८

    मधेशबादी दलले आफुहरुलाई एकतामा बाध्नु अति आबस्यक थियोे एकता नै बल हो भन्ने बल्लबुझेजस्तो छ यो बल लाई शान्ति देशप्रेमी र बिकास मा प्रयोग गरे भने महान हुनेछन् र नेपाली जनताले सेलुट गर्नेछन ।

    14
    0
    Share

  • Laxman rajak लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:२९

    Dhilo vaye pani sakaratmak and SUV karya gareka chhan , aru tarai dal pani an huna suvkamnachha and an dhika vayera afno agenda sabela samjhaunuss.

    1
    0
    Share

  • keshab लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:३६

    jasko jahaa jahile ni ekataa sundaa dekhdaa atyanta khusi laagxa, samagra deslaai nai ekataako khaacho xa, ek hunu parxa haami sabai, bichaar maa shaanti ra bikaash maa….desmaa thorai maatra raajnitik party haru hunu parxa, j hos malaaini yo ekataale saaro khusi tulyaaeko xa….khusi laageko xa….badhaai sabailaai….

    2
    0
    Share

  • prmod लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:३८

    Best of Luck Neta jee

    0
    0
    Share

  • Amir लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १३:५३

    Though I am not related to these party, it’s great news to hear that they are united and it’s good for nation and democracy. Wishing them all the best to be more greater!

    1
    0
    Share

  • दिनानाथ भण्डारी लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १४:०६

    मधेश का नेता शरत सिंह भण्डारीका सन्तान हरुले मधेशी कोटा को सहुलियत र सुबिधा पाउछन कि पाउदैनन जानकारी पाउन पाए हुन्थियो

    15
    1
    Share

  • naresh yadav लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १४:२८

    dherai ramro aba madhesh ra jitiya party vanda samagra desh ko party banauna lagnu paryo.

    9
    0
    Share

  • umesh shahi लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १४:३१

    Naughty guys

    1
    3
    Share

  • केके लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १४:३६

    सबै सामन्ती जमिदारहरु एक भएछन । यसले मधेशका वहुसंख्यक गरिव र पछडिएका जातीहरुलाई केही फाईदा छैन ।

    29
    3
    Share

  • Govinda लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १४:५३

    Congratulations to all

    1
    0
    Share

  • नरेश महरा लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १५:०५

    अब सर्कारले यी पांच पाण्डवका एक-दुइ भाई वा राजेन्द्रलाई मात्रै भए पनि मन्त्रीको लालच दिनु पर्छ, अनि हेर्नुस यी लाज-शर्म पचायेका नेताहरुको स्थिति….
    इनि पांच पाण्डव गच्छेदार र कमल थापा भन्दा के कम !

    14
    0
    Share

  • नयाँ चोथाले लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १५:२०

    एक बर्षभित्र यिनिहरूनै फुटेर १० वटा हुन्छन त्यसमा त कुनै शंका भएन । यो एकता पकृयामा चित्त नबुझेका माैजुदा पार्टीका भुरेहरूले फेरी पुरानै पार्टी ब्युँताउने कुरामा पनि शंका रहेन । एक बर्षभित्र मधेसी दलको संख्या ५० पुग्ने देखियो, कुनैबेला तराइमा शसस्त्र समूह भएजस्तै ।

    6
    0
    Share

  • devi prasad padel लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १५:२२

    मदेश बादी दल ले जनभावना को कदर गर्दै पाटी एकिकरण गरेको स्वागत योग्य छ फेरी नफुटोश ।

    4
    0
    Share

  • ABULAISH ANSARI लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १५:२९

    SB PRATHAM BADAI X SABAI NETA JIYUHARU LAI
    DHILO VYE PANI RAMRO KAM GARNU VYOKO MA.
    JANTA KO MANG PANI YEHI THIYO

    0
    0
    Share

  • yubes लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १५:४०

    AKATA AAFAI MA RAMRO KURA HO NAI.ABA KO DIN MA AKTIYAR GARNE NITIBATA JANATALE BISWAS GARNE AADHAR KHONU PARNE DEKHINCHHA!!?

    1
    0
    Share

  • अच्युत प्रसाद लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १५:४८

    नाममा राष्ट्रीय राखेको चाँही राम्रो सोच र काममा पनि राष्ट्रिय हुन सके झन् राम्रो । यति सानो देशमा क्षेत्रिय पार्टीहरुको कामै थिएन ।

    5
    0
    Share

  • मुकुन्द किशोर भट्टराई लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १६:०७

    राजापा र भाजपा नाम सुन्दा उस्तै उस्तै लग्ने…..पार्टी को घोषणापत्र त उतैबाट लेखिन्छ भन्ने सर्बबिधितै हो न्वरान पनि उतै गरिएको हो कि??

    14
    1
    Share

  • मधुसूदन लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १६:२९

    म त यिनीहरुलार्इ पार्टीकाे नाम “सद्भावना पार्टी” नै राख्न सुझाव दिन्छु । अहं त्याग्ने हाे भने शाव्दिक रुपमा हेर्दा त्याे जति राम्राे नाम कुनै हुन सक्दैन ।

    1
    0
    Share

  • kashindra singh लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १६:३२

    Good Decision for politician ..

    1
    0
    Share

  • दल बहादुर पुन लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १७:११

    नाम जे सुकै राखोस बालमतलब भएन तर भारतको हित होइन नेपाको हित हुने काम र कार्यक्रम गर्योस यहि छ मेरो शुभकामना

    9
    0
    Share

  • Resham Giri लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १७:४०

    धेरै राम्रो निर्णय हो …. अब हिमाल, पहाड र तराई मधेसको विकास र समृद्धिको मुद्धा लिएर हिड्नु पर्छ .. सबै लाई समेट्नुपर्छ

    3
    0
    Share

  • उमेश लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते ६:२४

    नयाँ पार्टीको झण्डा तीन रंगको हुनेछ । सबैभन्दा माथि रातो रंग हुनेछ भने वीचमा सेतो रंग हुनेछ । आधारमा हरियो रंग हुनेछ ।
    India Kai jhanda jasto rahech . नाम पनि भाजपा राख्नु पर्ने गल्तिले राजपा भए‌‌ ‍छ ।

    1
    0
    Share

  • Laxman prasad neupane लेख्नुहुन्छ    |   २०७४ वैशाख ८ गते १०:४८

    badhima 3 mahina ta tikne hola yo aekata

    0
    0
    Share

  • dhiru Bhai लेख्नुहुन्छ    |   २०७४ वैशाख १० गते १३:२१

    madhesh ko aadharma utheko party kaam jati thulo garos tyo ramro kura ho tar party ko naam bat Madhesh shabda hataunu hudain. Suggested nam ” Rashtriya Madhesh Janata Party” “RaM jaPa “

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this