Comments Add Comment

DPL Live: उपाधिका लागि टिम चौराहा र बिराटनगर किङ्ग्स भिड्दै

९ बैशाख, धनगढी । धनगढी प्रिमियर लिगको उपाधिका लागि अहिले पारस खड्काको टिम चौराहा र शरद भेषावकरको टिम बिराटनगर किङ्ग्स भिडिरहेका छन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेको टिमा चौराहाले ब्याटिङ गरिरहेको छ । दुबै टोली रूपन्देही च्यालेन्जर्सलार्इ हराउँदै फाइनलमा पुगेको थियो ।

बिराटनगरले पहिलो क्वालिफायरमा रूपेन्देहीलार्इ हरायो । इलिमिनेटरमा काठमाडौं गोल्डेन्सलार्इ हराएको टिम चौराहाले दोस्रो क्वालिफायरमा रूपेन्देहीलार्इ नै हराएर बिराटनगरसँग भेट पक्का गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ७ लाख पाउनेछ । नेपाली क्रिकेटमा यो अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment