Comments Add Comment

टोटनहृयामलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

१० बैशाख, काठमाडौं । टोटनहृयामलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सब्सिच्युट खेलाडी इडेन हर्जाडको उत्कृष्ट प्रदर्शनपछि चेल्सीले टोटनहृयामलाई ४-२ गोल अन्तरले हराएको हो ।
हर्जाड मैदान प्रवेश गर्दा खेल २-२ को बराबरीमा थियो । ७५ औं मिनेटमा उनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने पाँच मिनेटपछि नै माटिकले गोल गर्दे घरेलु टोलीलाई जिताए ।

यसअघि चेल्सीले दुई पटक अग्रता दिएर पनि जोगाउन सकेको थिएन । घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले पाँचौ मिनेटमा नै विलियनको गोलबाट अग्रता लिएको थियो ।

तर, १८ औं मिनेटमा हृयारी केनले गोल गरे । ४३ औं मिनेटमा पेनाल्टी गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-१ को अग्रता लियो । तर, ५२ औं मिनेटमा डेल अलीले बराबरी गोल गरे ।

अब चेल्सीले आर्सनल र म्यानचेष्टर सिटीको विजेतासँग एफए कपको उपाधिका लागि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment