१० वैशाख, काठमाडौं । सानिमा बैंकले आफ्ना सबै प्रकारको बचत खातामा थप ३ प्रतिशतको दरले ब्याज वृद्धि गरेको छ ।
अब सानिमा बैंकको बचत खातामा ८ प्रतिशत सम्मको उच्चतम् ब्याज उपलब्ध हुनेेछ । सो ब्याज मिति बैशाख आइताबारदेखि लागु भएको छ । बैंकको बचत खातामा न्युनत्तम ६ प्रतिशत ब्याजदर रहेको छ ।
सर्वसाधारणलाई बचत खातामार्फत अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यले ब्याज वृद्धि गरिएको बैंकले जनाएको छ ।