Comments Add Comment

सरकारको उच्च प्राथमिकतामा चीनको ‘वान बेल्ट वान रोड’ : महरा


१५ बैशाख, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

अर्थमन्त्री महराले नेपालसहित दक्षिण एशीयाको आर्थिक विकासमा ‘वान बेल्ट वान रोड’को अवधारणाले महत्वपूर्ण योगदान दिने पनि स्पष्ट पारे । शुक्रबार चीन अध्ययण केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘वान बेल्ट वान रोड र दक्षिण एशीया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै मुलुकलाई जोडने गरी चीनले अघि सारेको अवधारणाबाट नेपाललाई ठूलो लाभ हुने अपेक्षा गरे ।

मन्त्रि महराले नेपाल दिगो आर्थिक विकासको बाटोमा अग्रसर भएको पनि बताए । मुलुकको आर्थिक वृद्धिदर सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै अर्थमन्त्री महराले सरकारले पूर्वाधार विकास, पर्यटन, उर्जा र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराए ।

अर्थमन्त्री महराले सरकारले अहिले स्थानीय तहको निर्वाचन गरी संघीयता संस्थागत गर्न लागि परेको उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यू होङले ‘वान बेल्ट वान रोड’ को चिनियाँ अवधारणाले आर्थिक विकास गर्ने दक्षिण एशीयाली राष्ट्रहरुको चाहनालाई महत्वपूर्ण योगदान दिने बताएका छन् ।
राजदुत होङले नेपालको विकासमा चीनको सधैं साथ रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment