Comments Add Comment

मध्यरातमा दर्ता भयो सत्तारुढ र मधेसी मोर्चाको संशोधन (पूर्ण पाठसहित)

१६ बैशाख, काठमाडौं । संविधान संशोधन विधेयकमा सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट संशोधन मध्यरातमा दर्ता भएको छ ।

संशोधन दर्ताका लागि दिएको समयको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका थिए । र, राति अबेर १० बजे मात्र संशोधन संसद सचिवालयमा दर्ता गरेका छन् ।

सत्तारुढ दलले राखेको संशोधन पास भए अब प्रदेशको सीमांकन हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमति चाहिने छैन, परामर्श मात्र लिइनेछ ।

संसदमा दर्ता भएको विधेयकमा सम्वन्धित प्रदेशको सहमतिमा सीमांकन हेरफेर गर्न सकिने व्यवस्था छ । तर, मधेसी मोर्चाले यसलाई अस्वीकार गरेपछि सरकार उकै माग अनुसार सम्वन्धित प्रदेशको सहमतिको सट्टा परामर्श शब्द राख्न सहमत भएका छन् ।

यस्तै संघीय आयोग गठनसम्वन्धी धारा पनि संशोधन परेको छ । सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट परेको संशोधनले आयोगको समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने सुनिश्चित गरेको छ ।

संशोधन माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत, कांग्रेसका चिनकाजी श्रेष्ठ, राप्रपाकी कुन्ती शाही, तमलोपाका जंगीलाल राय र सद्भावनाका लक्ष्मणलाल कर्णले हालेका हुन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment