Comments Add Comment

बिहीबार राति १२ बजेदेखि चुनाव प्रचार गर्न नपाइने

२७ बैशाख, काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि २८ गते राति १२ बजेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न नपाइँदैन ।

साथै सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न बन्देज गरिएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।

स्थानीय तहको पहिलो चरणको मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment