+
+

लहानको यातायात कार्यालयभित्रै बम बिष्फोट

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते १३:००

२८ बैशाख, लहान । सिराहाको लहानस्थित यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको हो ।

विष्फोटबाट मानवीय क्षति भने भएको छैन । तर, कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेको छ ।

लहानका डिएसपी हिरा पाण्डेले अनलाइनखबरसँग भने, ‘कार्यालय प्रमुख लगायतका सरहरु कार्यकक्षभित्रै हुनुहुन्थ्यो तर सेवाग्राहीहरु थिएनन् । पब्लिक ट्वाइलेटभित्र विष्फोट भएकाले पनि हुनसक्छ मानविय क्षति भएको छैन ।’

उनले बम कसले र किन राख्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । डिएसपी पाण्डेले कस्तो प्रकारको बम हो भन्ने पनि नखुलेको बताए ।

सेवाग्राहीको चाप हुने यातायात कार्यालयभित्रै बम बिष्फोट भएपछि कर्मचारी र सेवाग्राही आतंकित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?