Comments Add Comment

पहेलो पहिरनमा खुलेकी पूजा, रीमा र केकीमा को हट ?


बुधबार बेलुकी आयोजना भएको चलचित्र ‘पर्व’को प्रिमियरमा नायिकाहरुको उपस्थिती केही बाक्लो देखियो । चलचित्र हेर्नका लागि नायिकाहरु पूजा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा लगायत बीग मूभिज पुगेका थिए ।

यसबाहेक, चलचित्रका मुख्य नायिकाहरु नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की पनि शोमा आकर्षणको रुपमा थिए । नायिकाहरुविच चलचित्रको शोमो पहिरन लगाउने बिषयमा भने होडबाजी नै चलेको थियो ।

रमाइलो कुरा त के छ भने, केही नायिकाको पहिरनको रंग फरक भएपनि डिजाइन उस्तै थियो । नायिका पूजा शर्मालाई पहेलो रंग खुबै सुहाउने गरेको छ । यसैले, उनी ‘पर्व’ शोमा पनि पहेलो परिहनमा पुगेकी थिइन् । केकी अधिकारीले सामान्य खालको कालो रंगको पहिरन रोजिन् ।

बिबाहित रीमा विश्वकर्माले अरुको भन्दा केही फरक पहिरन लगाएकी थिइन् । कार्यक्रममा निकै मिल्ने साथीको रुपमा परिचित रीमा र केकीको दोस्ती अझ निकट देखिएको थियो ।

नम्रताको पहिरन पनि धेरैलाई आकषिर्त गर्ने खालको थियो । माला लिम्बु भने चलचित्रकी नायिका हुँ भनेर सजिलै चिनाउने पहिरनमा थिइन् । उनको, पहिरन चलचित्रको शोमा सबैभन्दा हाइलाइटमा रहन पुग्यो । अर्की नायिका जेबिका कार्कीको निलो पहिरनमा उनी ठिकठाक देखिएकी थिइन् ।

नायिकाहरुको हट, फिट पहिरनले ‘पर्व’को प्रिमियरलाई अझ आकर्षक बनाइदिएको थियो ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment