Comments Add Comment

एमालेले छान्यो ४ उपमहानगरका उम्मेदवार

१२ जेठ, काठमाडौं । नेकपा एमालेले दोस्रो चरणमा निर्वाचन हुन लागेका ५ नम्बर प्रदेश अन्तर्गत ४ ओटा उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ ।

स्थायी कमिटीको शुक्रबार साँझ बसेको बैठकले मेयर र उपमेयरको नाम टुंगो लगाएको हो । एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा समसुद्धिन सिद्धिकी र उपमेयर शान्ता ढकाल तय भएका छन् ।
सिद्धिकी यसअघिका उपमेयर हुन् । नेपालगन्ज मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको उपमहानगर भएकाले सिद्धिकी बलियो उम्मेदवार भएका छन् ।

त्यस्तै दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यको नाम टुंगो लागेको छ । घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपानेको नाम तय भएको छ भने बुटवल उपमहानगरपालिकामा मेयर शिवराज सुबेदी र उपमेयर गोमा आचार्यको नाम तय भएको छ ।

तुल्सीपुरका घनश्याम पाण्डे पनि तत्कालीन नगरपालिकाका पूर्व उपमेयर हुन् । घोराहीका नरुलाल चौधरी एमाले केन्द्रीय सदस्य हुन् भने बटुवलका शिवराज सुवेदी एमालेका रुपन्देही जिल्ला अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment