Comments Add Comment

भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध

१९ चैत, काठमाडौं । आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो ।

३३ केभीका वीरगञ्ज-रक्सौल प्रसारण लाइन र १३२ केभी क्षमताको रक्सौल-पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट विजुली आयात अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्राधिकरणले भारतबाट हुने विजुली आपूर्ति रोकिएपनि आन्तरिक रुपमा कुलेखानी लगायतका आयोजनाबाट उत्पादन बढाएर माग पूर्ति गरिरहेको छ । हावाहुरीका कारण अवरुद्ध लाइनहरु मर्मत गर्दै प्राधिकरणले वीरगञ्ज, कैलया र सिमाराको बजार क्षेत्रमा विजुली आपूर्ति सुचारु गरिसकेको छ ।

ग्रामीण भेगमा पनि मर्मतको काम गर्दै विजुली आपूर्ति सुचारु गर्न काम सुरु भएको छ । प्राधिकरणले हाल बारा पर्सामा रौतहटको सबस्टेशनबाट आपूर्तिको व्यवस्था मिलाएको छ ।

परवानीपुर-वीरगंज ६६ केभी डबल सर्किट लाइनमा एउटा चार्ज भइसकेको छ भने अर्को सर्किटको मर्मत आज सााझसम्म सक्ने गरी काम हुादैछ ।

कलैयास्थित प्राधिकरणको सवस्टेसनबाट आइतबार बेलुका नै चन्द्रनिगाहपुर सव-स्टेसनबाट चार्ज गरी बजार क्षेत्रमा भने विद्युत आपूर्ति सुचारु गराइएको थियो ।

हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ । हावाहुरीका कारण ठाउा ठाउामा पोल ढलेको र प्रसारणलाइन समेत क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरु लडेका छन् र विद्युत तारहरु विभिन्न स्थानमा चुाडिएका छन् ।

विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइसकेको छैन । करिब २००० पोल र कैयौं ट्रान्सर्फमरमा क्षति भइ करिब १०-१५ करोड रुपैयाा बराबरको हानीनोक्सानी भएको अनुमान छ ।

जतिसक्दो छिटो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सुचारु गराउने काम शुरु भइसकेको प्राधिकरणले जनाएको छ । स्थानीय स्तरमा रहेका प्राविधिकलाई पनि समस्या समाधान गरी विद्युत सेवा सुचारु गर्ने कार्यमा खटिन प्राधिकरणले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment