Comments Add Comment

एक्सपर्ट स्कुल क्रिकेट लिगको उपाधि अनिरुद्ध उच्च माविलाई


१ असार, भैरहवा । एक्सपर्ट स्कुल क्रिकेट लिग ०७४ को उपाधि कञ्चनपुरको अनिरुद्ध उच्च माविले जितेको छ । उपाधिसहित अनिरुद्धले १ लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ ।

बिहीबार भैरहवाको सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा न्यू होराइजन उच्च मावि रुपन्देहीलाई ४ विकेटले पराजित गर्दै अनिरुद्धले उपाधि उचालेको हो ।

न्यू होराइजनबाट जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्यलाई अनिरुद्धले निर्धारित २० ओभरको खेलमा १६ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अनिरुद्धको जितमा साजन गौतमले सर्वाधिक १८ रन बनाए भने अशोक बिष्टले १७ रनको योगदान गरे ।

बलिङ्गमा न्यू होराइजनका कुशल मल्लले ३ विकेट लिए । सन्देश पाण्डे, प्रकाश गिरी र सन्दिप पाण्डेले समान एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न आएको न्यू होराइजनले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ७१ रनको सामान्य योगफल तयार गरेको थियो । होराइजनका लागि विशाल खत्रीले सर्वाधिक १९ रन बनाए भने प्रकाश गिरीले १३ र मौसम खाम्चाले ११ रन बनाएका थिए ।

होराइजनलाई सस्तैमा समेट्ने क्रममा अनिरुद्धका अरबिन्द ऐर र भुवन पालले समान २-२ विकेट लिएका थिए । अशोक बिष्ट, रविन साउद र पारस केसीले एक-एक विकेट झारे ।

प्रतियोगितामा अनिरुद्धका अरबिन्द ऐर म्यान अफ द फाइनल घोषित भए । म्यान अफ द सिरिज न्यू होराइजनका कुशल मल्ल भए । मल्ल उत्कृष्ट ब्याट्स म्यान र सोही स्कुलका सन्देश पाण्डेले बेष्ट बलरको अवार्ड पाए । अनिरुद्धका पारस केसी उत्कृष्ट फिल्डर भए ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीलाई प्रमुख अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रवन्ध निर्देशक रोशन कँडेल, प्रतियोगिता निर्देशक सुभाष प्रधान लगायतले नगद, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

हिमालयन क्रिकेट एकेडेमीको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, चितवन, तनहुँ, काठमाडौं, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका विद्यालय सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment