Comments Add Comment

पूर्वाञ्चलका शहरहरुमा करिअर परामर्श कार्यशाला शुरु

४ असार, काठमाडौं ।  ओली एण्ड एसोसिएट्स्को आयोजनामा पूर्वाञ्चलका प्रमुख दुई सहरहरुमा शैक्षिक करिअरसम्बन्धी कार्यशाला शुरु भएको छ । एसोसिएट्स्ले असार ३ गते झापाको विर्तामोडमा कार्यशाला सुरु गरिसकेको छ भने सुनसरीको इटहरीमा असार ५ गतेदेखि सञ्चालन गर्दैछ ।

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कुन विषय कस्तो ठाउँमा अध्ययन गर्दा उपयुक्त हुने भन्नेबारे परामर्श प्रदान गरिएको हो ।

कार्यशालामा विज्ञ एवं वरिष्ठ परामर्शकर्ता भवानीप्रसाद ओलीले परामर्श दिएका छन् । इटहरीमा पनि उनले परामर्श दिने कार्यक्रम छ । विगत २० वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका ओली अनुभवी एवं कुशल परामर्शदाता मानिन्छन् ।

कार्यशालामा झापा जिल्लाका विभिन्न स्थानबाट नेपाल वा अष्ट्रेलियामा उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति थियो । कार्यशालामा उपयोगी बनेको प्रतिक्रिया सहभागी विद्यार्थीहरुले दिएका छन् ।

ओली एण्ड एसोसिएट्स् नेपालबाट अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्ने अग्रणी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment