Comments Add Comment

एनआरएन अष्ट्रेलियालाई चुनाव लाग्यो

आठ हजार बढी मतदाता, १२५ उम्मेदवार


२१ जून, सिड्नी । अस्ट्रेलियामा बसोबास गर्नेको नेपालीहरुको सबै भन्दा ठूलो संस्था गैरआवासीय नेपाली संघ नयाँ नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ ।

उक्त सस्थाको निर्बाचन सम्पन्न गर्न गठित निर्वाचन आयोगले सोमबार मध्यरातसम्म उम्मेदवारी दर्ताको म्याद दिएको थियो ।

जसअनुसार आगामी दुई बर्षे कार्यकालका लागि विभिन्न पदमा झन्डै १२५ जना उम्मेदवार मैदानमा उत्रिएको निर्वाचन आयुक्त डा. कृष्ण हमालले अनलाइनखबरलाई बताए ।

अस्ट्रेलियाका ८ वटा राज्यमा जम्मा ८ हजार २४० मतदाता छन् । निर्वाचन आगामी जूलाई ८ तारिखको बिहान ९ बजे सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा. हमालका अनुसार यसपटक तास्मनियामा आवश्यक पदमा एक भन्दा बढी उम्मेदावारी नपरेकाले त्यहाँ मतदान हुने छैन भने उत्तरी राज्य नदर्न टेरिटोरिका दुई शहरका मतदाताले आफ्नै घरमा बसी ल्यापटप वा मोबाइल बाटै मतदान गर्न पाउने छन् ।

त्यहाँका क्याथरिन र अलाइस स्पि्रंग शहरका मतदाता यो सुबिधा पाउने छन् भने बाँकि डार्बिनका मतदाता भने मतदान केन्ऽ मै उपस्थित भएर मतदान गर्ने छन् । अन्य ठूला सहरमा एक घण्टा भित्र मतदाता पुग्ने गरी मतदान केन्द्र खडा गरिने छ ।

कुइन्स्ल्यान्डका शहरहरु टाढा भएकाले त्येहा एकभन्दा बढी मतदान केन्द्र बन्ने सम्भावना रहेको डा. हमालले बताए । सबै मतदान केन्ऽमा विधुतीय मतदान हुनेछ । प्रत्येक मतदातालाई निजी पासवर्ड दिइने जसबाट मतदाताले मतदान केन्द्रको कम्पुटरबाट मतदान गर्ने छन् । बिधानमा भएको परिमार्जन अनुसार यसपटक रास्टि्रय समितिमा युवा तथा महिला गरी दुइजना संयोजक तथा राज्यहरुमा युबा तथा महिलाका संयोजक, सहसंयोजक र तीन जना सदस्यसहित जम्मा १० जना थप पदाधिकारी निर्वाचित हुनेछन् । अस्ट्रेलियाबाट अन्तरास्टि्रय समितिमा प्रतिनिधित्व गर्ने ६ स्थानका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. हमालले मतदाता तथा उम्मेदवारहरुमा आफूले उत्साह देखेको बताए । उनले भने-‘म सबै मतदातालाई आफ्नो मताधिकारको प्रयोग गर्नुहोस र सस्थाको भलाइका लागि आफूले मनपराएको उम्मेद्वारलाई निर्बाचित गर्नुहोस ।’

यो निर्बाचनमा अध्यक्षमा टोनु घोताने, स्वतन्त्र प्रताप शाह, अभिमान सिंह बस्नेत र महेश भण्डारी गरी ४ जनाले उम्मेदवारी दिएका छन् । यो कार्यकालमा न्यू साउथ वेल्सबाट अध्यक्ष पदमा उम्मेदवारी दिन नपाइने बैधानिक प्राबधान छ । यहाँका आठ राज्य का संयोजकहरु स्वतः राष्ट्रिय  समितिका उपाध्यक्ष बन्छन ।

महासचिवमा राजु मानन्धर, ज्ञानेन्द्र रेग्मी, नारायण कोइराला र राजन सिटौलाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा डीला खरेल, देव गुरुङ र बिकास के.सी.ले उम्मेवारी दर्ता गरेको छन् ।

काषाध्यक्षमा कुशल के.सी. , अनिल पोखरेल र अच्युत शर्मा थपलियाको उम्मेदवारी परेको छ भने महिला फोकल पर्सनका रुपमा प्रतिज्ञा अधिकारी एक जनाको मात्र उम्मेदवारी परेको छ ।

युवा संयोजकमा धर्म अधिकारी र कोमलराज पाठकको उम्मेदावारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसैगरी राज्य संयोजक पदमा न्यू साउथ वेल्सबाट दिनेश पोखरेल, नन्द गुरुङ, केशव जोशीको उम्मेदवारी छ भने दक्षिण अष्ट्रेलियाबाट अशोक केसी र प्रजिता गेलाल, अस्ट्रेलियन क्यापिटल टेरिटोरीबाट राजु अधिकारी र राजनप्रसाद ढुङ्गेल, नर्दन टेरिटोरिबाट बाबुराम भट्टराई र हरिराम रिजाल, भिक्टोरियाबाट केशव कंडेल र माधव पौडेल, पश्चिम अष्ट्रेलियाबाट नबिन बिडारी र दीपक शर्माले उम्मेदवारी दिएका छन् भने क्वीन्सल्याण्डबाट सन्तोष कुंवर तथा तास्मानियाबाट विश्वेश्वर खतिवडा निर्बिरोध निर्बाचित भयका छन् ।

त्यस्तै अन्तरास्टि्रय समन्वय परिषद सदस्यहरुका लागि गोकुल घिमिरे, दीपककुमार भट्टराई, जानकी पौडेल, केदार रिजाल, मधु पन्थी, निरन्जन प्रसाई, राजकुमार अधिकारी, राजकुमार थपलिया, उषाकिरण बरिया, सन्तोष दाहाल र रमेश पौडेलले उम्मेदवारी दिएका निर्वाचन आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment