Comments Add Comment

भारतले रोकेको नेपाली बुलेट चलाउन हामीले मात्रै सक्दैनौं: सचिव राई

८ असार, काठमाडौं । आपूर्ति सचिव प्रेमकुमार राईले भारतमा अड्किएका करिव ४ सय ग्याँस बुलेट नेपाल भित्र्याउन आपूर्ति मन्त्रालय एक्लैले सक्ने अवस्था नरहेको बताएका छन् ।सचिव राईले भारतीय आयल निगमलाई अड्किएका ग्याँस बुलेट नेपाल पठाउन पटक-पटक गर्दै आएको पत्राचारले समेत काम गर्न नसकेको पनि स्पष्ट पारे ।

व्यवस्थापिका संसद अन्तरगतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बैठकमा बोल्दै उहाँले भारतमा अड्किएको ग्यास बुलेट नेपाल भित्रयाउन कुटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।

नेपालका करिव ४ सय ग्यास बलेट नौं महिनादेखि भारतमा अड्किएका छन् । ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा नेपाली उद्योगीलाई छुट दिएपछि भारतीय पक्षबाट नेपाली ग्यास बुलेट भित्रयाउन समस्या देखिएको छ ।

सचिव राईले कुटनीतिक पहल गरेर मात्रै सो समस्या समाधान हुने स्पष्ट पारे । उनले कुटनीतिक पहल गरेर पनि समस्या समाधान नभए दुई सरकारबीचमै सो समस्या समाधान लागि पहल गर्नुपर्ने अवस्था आउने पनि उल्लेख गरे ।

नेपाली उद्योगीहरु आफैले ग्यास बुलेट ढुवानी गरेर ल्याउँदा भारतीय व्यापारीहरु मर्कामा परेपछि भारतीय पक्षले ग्यास बुलेटको ढुवानीमा अवरोध खडा गरेको हो । ग्यास ढुवानीका लागि समेत भारतले अनुमति दिनुपर्ने दुवै मुलुकबीचको समझदारीमा उल्लेख गरिएको छ ।

नेपाल-भारतबीच सन १९७४ मा दुई देशबीच पेट्रोलियम पदार्थ कारोबार गर्ने समझदारी भएको थियो । आपूर्ति मन्त्रालयले सो सम्बन्धि समझदारी पत्र पुनरावलोकन गर्नुपर्ने आवश्यक्तामा पनि जोड दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment