Comments Add Comment

दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

१२ असार, काठमाडौं । दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ ।

नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए ।

भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भएपनि दार्जीलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह गरे । उनले भने, ‘गोर्खाजातिले आफ्नो भाषाको सम्वर्द्धन गर्न किन नपाउने ? नेपालसँग हेरेर किन दमन गर्ने ?’

नेकपाले दूताबासमार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment