+
+
Shares

भतिजको नामबाट भोट हाल्न खोज्ने काका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १४ गते १४:१६

१४ असार, विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित कन्या क्याम्पसबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् । आफना भतिजको नामबाट भोट हाल्न आएका २९ वर्षीय पुरुषोत्तम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले दुर्गा आचार्यको नामबाट भोट हाल्न खोजेका थिए । सोही ठाउँका नागरिकता नम्बर ०५१०६६८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा उनी भोट हाल्न आएका थिए ।

उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?