+
युरोपियन च्याम्पियन्स लिग :

१० खेलाडीमा सीमित बार्सिलोनामाथि एटलेटिको मड्रिडको जित

२०८२ चैत  २६ गते ८:४४ २०८२ चैत २६ गते ८:४४
१० खेलाडीमा सीमित बार्सिलोनामाथि एटलेटिको मड्रिडको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
  • बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले ४४औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
  • एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्दै अग्रता दोब्बर बनाएको छ र दोस्रो लेगमा बराबरी गरे सेमिफाइनल पुग्नेछ।

२६ चैत, काठमाडौं । १० खेलाडीमा सीमित बार्सिलोनालाई २–० ले पराजित गर्दै एट्लेटिको मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई उसैको घरेलु मैदानमा एट्लटिकोले हराएको हो ।

पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले ठूलो झट्का बेहोरेको थियो । ४४औं मिनेटमा डिफेन्डर पाउ कुबार्सीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।

त्यसको एक मिनेटपछि जुलियन अल्भारेजले फ्रिकिकमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । दोस्रो हाफमा १० खेलाडीमा रहे पनि बार्सिलोनाले राम्रो प्रदर्शन गरे पनि बराबरी गोल गर्न सकेन।

७०औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । बार्सिलोनाले गोल फर्काउन सकेन ।

अब एट्लेटिकोले आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा बार्सिलोनालाई रोके मात्र पनि सेमिफाइनल पुग्नेछ ।

एट्लेटिको मड्रिड बार्सिलोना युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय