Comments Add Comment

दाङबाट एमाले-माओवादी तालमेलको शुरुवात, जिल्ला समन्वय समितिमा यसरी भयो भागबण्डा

सबै स्थानीय तहका कार्यपालिकामा पनि तालमेलको सहमति

घोराहीको मेयरमा निर्वाचित एमालेका नरुलाल चौधरी (बायाँ) र माओवादी केन्द्र दाङ जिल्ला इञ्चार्ज जीवन गौतम ।

२३ असार, दाङ । दाङ जिल्लाका सबै १० स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा एमाले जिल्लाभरको लोकप्रिय मत र स्थानीय तह दुवैतर्फ पहिलो दल बनेको छ । तर जिल्ला समन्वय समितिमा भने एमालेलाई एक मत नपुगेपछि माओवादी केन्द्रसँग मिल्ने भएको छ ।

दाङको जिल्ला समन्वय समिति निर्वाचनमा मतदान गर्न पाउने प्रमुख र उपप्रमुखहरुको संख्या २० हो । एमालेसँग १० मतमात्र भएपछि एक प्रमुख र एक उपप्रमुख जितेको माओवादीसँग तालमेल हुने भएको हो । यसो गर्दा एमालेले सभापति सहित ४ सदस्य पाउने र माओवादीले उपसभापति सहित ३ सदस्य पाउने सहमति भएको माओवादी दाङ जिल्ला इन्चार्ज जीवन गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

जिल्ला समन्वय समितिसहित सबै स्थानीय तहका कार्यपालिकामा पनि एमाले-माओवादीबीच तालमेलको सहमति भएको छ ।

पहिलो चरणको स्थानीय चुनावमा केही ठाउँमा तालमेल गरेका एमाले र माओवादीबीच दोस्रो चरणमा पाँचथरको एउटा गाउँपालिका बाहेक अन्यत्र शत्रुतापूर्ण प्रतिस्पर्धा थियो । तर कांग्रेससँग गठबन्धनबाट पनि माओवादीले अपेक्षित सफलता पाउन सकेन ।

दाङमा कांग्रेस माओवादी मिल्दा पनि जिल्ला समन्वय समिति गठन गर्न बहुमत नपुग्ने भएकाले एमालेसँग सुरक्षित तालमेल गरेको हो । यस्तै गणित भोजपुर, सोलुखुम्बु लगायतका जिल्लामा पनि छ । कतिपयले दाङबाट एमाले-माओवादी तालमेलका शुरुवातको रुपमा पनि लिएका छन् ।

एमाले बन्यो ठूलो दल

एमालेले दाङका जुम्ल्याहा उपमहानगरपालिका घोराही र तुलसीपुर सहित जिल्लाका १० मध्ये ६ स्थानीय तह जितेको छ । त्यस्तै लमही नगरपालिका, बबई गाउँपालिका, गढवा गाउँपालिका र दंगिशरण गाउँपालिका एमालेले जितेको छ ।

तुलसीपुरको मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य तथा घोराहीको मेयरमा नरुलाल चौधरी र सिता न्यौपाने चुनिएका छन् ।

लमही नगरपालिकाको मेयरमा कुलबहादुर केसी निर्वाचित भए । उपमेयरमा भने कांग्रेसकी देविका बेल्बासे चुनिइन् ।

बबई गाउँपालिकामा भुबनेश्वर पौडेल अध्यक्ष र साबित्रा विश्वकर्मा उपाध्यक्षमा विजयी बने । गढवा गाउँपालिकाको अध्यक्षमा सहजराम यादव र उपाध्यक्षमा शान्ति चौधरी निर्वाचित भए ।

दंगिशरण गाउँपालिकाको अध्यक्षमा एमालेका भागिराम चौधरी निर्वाचित हुँदा उपाध्यक्षमा भने कांग्रेसकी पिमा कुमारी ओली चुनिइन् ।

कांग्रेसले राप्ती, राजपुर र शान्तिनगर तथा माओवादीले बंगलाचुली गाउँपालिका जितेका छन् ।

कांग्रेसबाट राप्ती गाउँपालिकाको अध्यक्षमा नुमानन्द सुवेदी र उपाध्यक्षमा जगदम्बा चौधरी विजयी भए ।

राजपुर गाउँपालिका अध्यक्षमा लोकराज केसी र उपाध्यक्षमा धनपति यादव तथा शान्तिनगर गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमा क्रमशः कमानसिंह डाँगी र मिथिला शाह निर्वाचित भएका छन् ।

यसैगरी माओवादी केन्द्रबाट बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती विजयी भएका छन् ।

लोकप्रिय मतमा पनि एमाले पहिलो

 

 

दाङमा सबैभन्दा धेरै मत एमालेले पाएको छ । एमालेले ७१ हजार ४४ मत पाउँदा कांग्रेसले ६४ हजार ८३६ मत पाएको छ । ४५ हजार १७५ मतसहित माओवादी केन्द्र तेस्रो भएको छ । फोरम लोकतान्त्रिकको पक्षमा ३ हजार ७५७ मत परेको छ ।

तुलसीपुर उपमहानगर र लमही नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको फोरम लोकतान्त्रिकको उपप्रमुखको मतलाई आधार मानेर यो तथ्यांक निकालिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

राजमोले ३ हजार ६८५ र राप्रपाले ३ हजार ५४४ मत पाएका छन् ।

वडाहरुमा कांग्रेस अगाडि

६ स्थानीय तह जित्दै एमाले पहिलो बने पनि वडा अध्यक्षमा विजयी भएकाहरुको विवरणमा भने कांग्रेस अघि छ । दाङ जिल्लाका जम्मा एक सय वटा वडाहरुमध्ये कांग्रेसले ४२, एमालेले ३१ र माओवादीले २६ वडा अध्यक्ष जितेका छन् ।

कुल ५२० जनप्रतिनिधिहरुमध्ये अध्यक्ष र सदस्यहरु समेत गरी कांग्रेसका २०३, एमालेका १९३ र माओवादी केन्द्रका १२१ जना चुनिएका छन् । फोरम लोकतान्त्रिकबाट एक महिला सदस्य र एक खुला सदस्य गरी २ जना तथा स्वतन्त्रले एक वडा अध्यक्ष जितेका छन् ।

यी हुन् दाङ जिल्लामा विजयी वडाअध्यक्षहरु

नेपाली कांग्रेसले जितेका वडाहरु (४२)
१. तुलसीपुर उपमहानगरपालिका वडा नं. २ राजु आचार्य
२. तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वीरेन्द्र कुमार शाह
३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ टोपबहादुर केसी
४. तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेदबहादुर केसी
५. तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ घनश्याम ढकाल
६. तुलसीपुर उपमहानगरपालिका वडा नं. १० कुमार लामिछाने
७. तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ चित्रबहादुर वली
८. तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ डम्बर बहादुर न्यौपाने
९. तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ पर्शुनारायण चौधरी
१०. तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ थलराज पुरी

११. घोराही उपमहानगरपालिका वडा नं. ३ माधवप्रसाद चौधरी
१२. घोराही उपमहानगरपालिका वडा नं. ५ विष्णुमणि दाहाल
१३. घोराही उपमहानगरपालिका वडा नं. ६ रेबबहादुर बुढाथोकी
१४. घोराही उपमहानगरपालिका वडा नं. ८ चन्द्रप्रसाद चौधरी
१५. घोराही उपमहानगरपालिका वडा नं. १० चित्रबहादुर डाँगी
१६. घोराही उपमहानगरपालिका वडा नं. १५ रमेश पाण्डेय

२७. लमही नगरपालिका वडा नं. २ नेपालु चौधरी
१८. लमही नगरपालिका वडा नं. ४ सुवास न्यौपाने
१९. लमही नगरपालिका वडा नं. ६ गणेशमान चौधरी
२०. लमही नगरपालिका वडा नं. ७ मोहन गिरी
२१. लमही नगरपालिका वडा नं. ८ मेघनारायण चौधरी
२२. लमही नगरपालिका वडा नं. ९ भेषबहादुर केसी

२३. राजपुर गाउँपालिका वडा नं. ३ रामछोर यादव अहिर
२४. राजपुर गाउँपालिका वडा नं. ४ रामेश्वर अहिर
२५. राजपुर गाउँपालिका वडा नं. ५ नरेन्द्रसिंह भण्डारी
२६. राजपुर गाउँपालिका वडा नं. ७ भीमबहादुर खड्का

२७. दंगीशरण गाउँपालिका वडा नं. २ तुलसीराम देवकोटा
२८. दंगीशरण गाउँपालिका वडा नं. ३ पूर्ण चौधरी
२९. दंगीशरण गाउँपालिका वडा नं. ४ नेबबहादुर कँवर

३०. शान्तिनगर गाउँपालिका वडा नं. २ फर्साराम डाँगी
३१. शान्तिनगर गाउँपालिका वडा नं. ३ बुद्धिराम तिवारी
३२. शान्तिनगर गाउँपालिका वडा नं. ६ रवि बुढाथोकी

३३. राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी
३४. राप्ती गाउँपालिका वडा नं. ४ विष्णुबहादुर घर्ती क्षेत्री
३५. राप्ती गाउँपालिका वडा नं. ५ गोबर्द्धन रावत
३६. राप्ती गाउँपालिका वडा नं. ६ बेदप्रसाद चौधरी
३७. राप्ती गाउँपालिका वडा नं. ७ विद्याशरण चौधरी

३८. गढवा गाउँपालिका वडा नं. ४ गुलाम महम्मद
३९. गढवा गाउँपालिका वडा नं. ६ बालचन्द्र ठकुरी हमाल
४०. गढवा गाउँपालिका वडा नं. ७ राहुलदेव चौधरी

४१. बबई गाउँपालिका वडा नं. २ चिन्तामणि शर्मा
४२. बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री

नेकपा एमालेले जितेका वडाहरु (३१)

१. तुलसीपुर उपमहानगरपालिका वडा नं. १ लक्ष्मण भण्डारी
२. तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ वीरबहादुर विक
३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बालकृष्ण रानामगर
४. तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ नवराज लामिछाने
५. तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सूर्यबहादुर डाँगी
६. तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लक्ष्मण चौधरी
७. तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भुपबहादुर केसी
८. तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ माधव वली
९. तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ रामबहादुर योगी

१०. घोराही उपमहानगरपालिका वडा नं. १ राममणि पाण्डे
११. घोराही उपमहानगरपालिका वडा नं. २ केशवराज आचार्य
१२. घोराही उपमहानगरपालिका वडा नं. ४ भीमबहादुर सार्की
१३. घोराही उपमहानगरपालिका वडा नं. ७ खोपिराम चौधरी
१४. घोराही उपमहानगरपालिका वडा नं. ९ मानबहादुर विसी
१५. घोराही उपमहानगरपालिका वडा नं. ११ कुलबहादुर लामिछाने
१६. घोराही उपमहानगरपालिका वडा नं. १३ रविलाल घर्ती
१७. घोराही उपमहानगरपालिका वडा नं. १६ लछिनप्रसाद बुढा
१८. घोराही उपमहानगरपालिका वडा नं. १८ भरतराज अर्याल
१९. घोराही उपमहानगरपालिका वडा नं. १९ हर्कसिंह घर्ती

२०. लमही नगरपालिका वडा नं. १ नुमराज पौडेल
२१. लमही नगरपालिका वडा नं. ५ बिमबहादुर केसी

२२. बबई गाउँपालिका वडा नं. १ खड्कबहादुर कँवर
२३. बबई गाउँपालिका वडा नं. ३ नन्दलाल वली
२४. बबई गाउँपालिका वडा नं. ४ टेकबहादुर वली
२५. बबई गाउँपालिका वडा नं. ५ डम्बरबहादुर श्रीस
२६. बबई गाउँपालिका वडा नं. ६ रामबहादुर डाँगी

२७. दंगीशरण गाउँपालिका वडा नं. १ श्रीप्रसाद चौधरी
२८. राप्ती गाउँपालिका वडा नं. ८ गोकर्णबहादुर राना
२९. बंगलाचुली गाउँपालिका वडा नं. ६ बेदुलाल घर्ती
३०. गढवा गाउँपालिका वडा नं. १ बाबुराम अधिकारी
३१. शान्तिनगर गाउँपालिका वडा नं. ४ धनबहादुर केसी

माओवादी केन्द्रले जितेका वडाहरु (२६)

१. घोराही उपमहानगरपालिका वडा नं. १२ राजेन्द्र बुढा
२. घोराही उपमहानगरपालिका वडा नं. १४ शक्तिराम डाँगी
३. घोराही उपमहानगरपालिका वडा नं. १७ खुसीराम चौधरी

४. लमही नगरपालिका वडा नं. ३ बाबुराम चौधरी

५. बंगलाचुली गाउँपालिका वडा नं. २ मेघराज राना
६. बंगलाचुली गाउँपालिका वडा नं. ३ शोभाराज विक
७. बंगलाचुली गाउँपालिका वडा नं. ४ नारायण डाँगी
८. बंगलाचुली गाउँपालिका वडा नं. ५ यनुराज खत्री
९. बंगलाचुली गाउँपालिका वडा नं. ७ गिरबहादुर थापा
१०. बंगलाचुली गाउँपालिका वडा नं. ८ गिरिराज बाँठा

११. गढवा गाउँपालिका वडा नं. २ भक्तु चौधरी
१२. गढवा गाउँपालिका वडा नं. ३ तुलसीराम अधिकारी
१३. गढवा गाउँपालिका वडा नं. ५ प्रकाश भण्डारी
१४. गढवा गाउँपालिका वडा नं. ८ सद्धाम सिद्धिकी

१५. राप्ती गाउँपालिका वडा नं. २ जगतबहादुर थापा
१६. राप्ती गाउँपालिका वडा नं. ३ चन्दर चौधरी
१७. राप्ती गाउँपालिका वडा नं. ९ रिमबहादुर सुनारीमगर

१८. राजपुर गाउँपालिका वडा नं. १ विष्णुबहादुर बुढा
१९. राजपुर गाउँपालिका वडा नं. २ दुर्गाप्रसाद शर्मा
२०. राजपुर गाउँपालिका वडा नं. ६ श्यामबहादुर रोका

२१. शान्तिनगर गाउँपालिका वडा नं. १ जंगबहादुर पुन
२२. शान्तिनगर गाउँपालिका वडा नं. ५ गिरिराज बस्नेत
२३. शान्तिनगर गाउँपालिका वडा नं. ७ पिमलाल वली

२४. दंगीशरण गाउँपालिका वडा नं. ५ दीपक गौतम
२५. दंगीशरण गाउँपालिका वडा नं. ६ टंकबहादुर वली
२६. दंगीशरण गाउँपालिका वडा नं. ७ बीरबहादुर वली

स्वतन्त्र (१)
१. बबई गाउँपालिका वडा नं. ७ महावीर चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment