मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com

कोलोराडोमा नेपालीहरुको समर पिकनिक (तस्वीरसहित)

नातिबाबु भट्ट

१६ जुलाई, कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरुवीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले समर पिकनिकसंगै विभिन्न कार्यक्रम गरिएको छ ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरिकाका लागि नेपालका राजदुत डा.अर्जुन कार्कीको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, उपाध्यक्ष रामसी पोख्रेल लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा झण्डै ८ सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा निवन्ध लेखन प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई नगदसहित प्रशंसापत्र वितरण गरिएको थियो ।

माध्यामिक स्कूलमा अध्ययनरत छात्रछात्रावीच गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई क्रमश १५०, १०० र ५० डलर नगद प्रदान गरिएको थियो ।

त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न ७ किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो ।

यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाईसाईकल, रेस बास्केट बल लगायतका रहेका थिए ।

कार्यक्रममा खेलकुदका बिजयी भएकाहरुलाई प्रमुख अतिथि राजदुत डा. कार्की, बिशेष अतिथि मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रिपाठीले संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

वालवालिका, बृद्धबृद्धा, युवकयुवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरुको उपस्थिति उलेख्य रहेको थियो ।

ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागी वालवालिका र महिलाहरुलाई म्यूजिकल चियर खेल खेलाइएको थियो ।

सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरु नेपाली गीत र नाचका साथ मनोरञ्जन गरेका थिए ।

अध्यक्ष बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

 

२०७४ साउन २ गते ११:०८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १२:३०

    ठुलै काम गरेछन त,

    एक ठाउमा जम्मा भएछन्,

    बेसरी खाएछन्,मज्जाले नाचेछन्,

    NRN ले जे गरेनी समाचार बन्ने l

    27
    2
    Share

  • Amit Adhikari लेख्नुहुन्छ    |   २०७४ साउन ३ गते ५:०४

    वा वा वा क्या बात !!!!
    यस्ता पिक्निक वाला समाचार ले अझ बढी स्थान पाउनुपर्छ
    ५० वोटा राज्य को ५० वटा समर पिक्निक राखौ समाचारमा अनि बल्ल पो राम्रो हुन्छ
    जनतालाई चेतना दिने समाचार बल्ल आयो है
    अब त विन्टर पिक्निक को नि आउने होला होइन???
    सहि कम गरिरहनुभएको छ सम्पादक ज्यु

    6
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this