Comments Add Comment

स्पेनिस फुटबल संघका अध्यक्ष भ्रष्टाचार अभियोगमा पक्राउ

३ साउन, काठमाडौं । स्पेनिस फुटबल संघका अध्यक्ष एन्जल मारिया भिल्लर लोना र उनका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा छानविन गर्ने क्रममा दुबैलाई पक्राउ गरिएको ईएल पेस र ईएर्फइ न्यूज एजेन्सीले बताएको छ ।

भिल्लर स्पेनका अन्तराष्ट्रिय फुटबलर हुन्, जो सन् १९८८ पछि फुटबल संघको अध्यक्ष रहँदै आएका छन् ।

उनका छोरा गोर्कालाई अन्य थुप्रै मानिसहरुसँगै अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ । एएर्फइले दावी गरेको छ कि किर्ते गरी पैसाको दुरुपयोग गरेको र सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा रकमको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

भिलर र उनका वकिलले अहिलेसम्म यस आरोपबारे हुनै टिप्पणी गरेका छैनन् ।

संघको अध्यक्षका रुपमा भिलरको कार्यकालमा स्पेनले दुई पटक युरो र एक पटक विश्वकपको उपाधि जितेर स्पेन विश्व फुटबलको नयाँ शक्तिको रुपमा उदय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment