Comments Add Comment

बिपी राजमार्गमा अटेर गरी चल्ने ९ ठूला बसको रुट पर्मिट खारेज

३ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका  ठूला बसकाे रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार  ९ वटा बसको रुट पर्मिट खारेज गरेको छ ।

१८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट-सिन्धुली खण्डमा चल्ने ठूला बसको रुट पर्मिट खारेज गरिएको हो । अनुगमनमा क्रममा ति बसलाई विभागले सोमबार नियन्त्रणमा लिएको थियो ।

काठमाडौं-खुर्कोट-घुर्मीको रुट लिएपनि सिन्धुली हुँदै विभिन्न गन्तब्यमा जाने बसको रुट पर्मिट खारेज गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनलाइनखबरलाई बताए ।

ना ६ ख ४५८८, बा ४ ख ३८९३, बा ३ ख ५९६४, बा४ ख २१४२, ना ६ ख ९१३, बा ४ ख ४३१२, ना ६ ख ८४६, ना ७ ख ८९२ र ना ५ ख ९५२६ नम्बरका बसको रुट पर्मिट खारेज गरिएको हो ।

खुर्कोट-सिन्धुली खण्डमा १८ सिटभन्दा बढीका सवारी सञ्चालन गर्न नपाइने नियम छ । तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलेको पाइएकाले ५ हजार जरिवाना लगाए ६ महिनाको लागि रुट खारेज गरिएको भट्टराईले बताए ।

यातायात ब्यवस्था विभागले पछिल्लो समयमा बिपी राजमार्गमा रातको समयमा सार्वजनिक सवारी चलाउन पनि रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment