Comments Add Comment

एनआरएनए नेदरल्याण्डको अध्यक्षमा शर्मा र सापकोटाको उम्मेदवारी घोषणा

२४ जुलाई, नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ एनआएएनए नेदरल्याण्डको वर्ष २०१७-०१९ कार्यकालका लागि साताैं अधिबेशन आगामी सेप्टेम्बर ३ तारिखका दिन हुने भएको छ ।

आगामी कार्यकालको नेतृत्वका लागि विभिन्न संस्थाहरुले आफ्ना उम्मेदवारहरु घोषणा गरेका छन् ।

आगामी कार्यकालको अध्यक्षका लागि जनसम्पर्क समिति नेदरल्याण्डले ठाकुरप्रसाद शर्मा (मनोहरि) र प्रवासी नेपाली मञ्च नेदरल्याण्डले टिकाराम सापकोटालाई उम्मेदवार प्रस्तुत गरेका छन् ।

जनसम्पर्क समिति नेदरल्याण्डसले एक अपील जारी गर्दै सबै समुदायको सम्मानजनक सहभागिता तथा एनआरएनएलाई साझा संथाको रुपमा स्थापित गराउन जनसम्पर्कसमिति उद्यत तथा उदार रहेको भन्दै एनआरएनएको संथागत बिकासका लागि शर्मालाई उम्मेदवार घोषणा गरेको जनाएको छ ।

आइसीसी पदमा हिमाल गुरुङलाई समर्थन गरेको जनसम्पर्क समितिले अपीलमा उल्लेख गरेको छ ।

यस्तै प्रवासी नेपाली मञ्चले पनि विज्ञप्ति जारी गर्दै अधिबेशन सहमति र एकताको अधिबेशन बन्नु पर्ने भन्दै मञ्चका पूर्व अध्यक्ष टिकाराम सापकोटालाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ ।

साझा अबधारणा र योजना सहितको ‘समाबेसी साझा समूह’ सार्बजनिक हुने प्रतिबद्धता जाहेर गर्दै मञ्चले सापकोटालाई मञ्चले अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

प्रगतिशील समूहबाट भने आइसीसी पदमा बिक्रम बानियालाई उम्मेदवार घोषणा गरिएको छ ।

गैरआवासीय संघ नेदरल्याण्डले बिज्ञप्ति जारी गर्दै नेदरल्याण्डबासी नेपालीहरुलाई जुलाई ३१ तारिखभित्र सदस्यता लिन र नबिकरण गर्नका लागि समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment