Comments Add Comment

कास्कीका क्रान्तिकारी पत्रकार प्रेस सेन्टरमा समाहित

९ साउन, पोखरा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन कास्की जिल्ला समिति प्रचण्ड नेतृत्वको प्रेस सेन्टर नेपालमा विलय भएको छ ।

पोखरामा सोमबार प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठनबीच एकता घोषणा गरिएको छ । दुबै संगठनको संयुक्त बैठकले एकता गर्ने निर्णय गरेको र जिम्मेवारी पनि बाँडफाँट भएको एकतापछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रेस सेन्टर नेपालका अध्यक्ष विभु भुसाल र क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष माधव पनेरुको हस्ताक्षर छ ।

विज्ञप्तिका अनुसार माधव पनेरु, फडिन्द्र अकिन्चन, शिवराज बस्ताकोटी, राजेन्द्र शर्मा, कमल बराल, कमल थापा र हरि शर्मालाई तत्कालका लागि उपयुक्त जिम्मेवारी दिइएको छ । बाँकीलाई भने अन्यलाई आवश्यकता अनुसार जिम्मेवारी दिइने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच क्रान्तिकारी पत्रकार संगठन गण्डकी धवलागिरी समन्वय समितिले प्रेस सेन्टरसँग एकता नभएको बताएको छ । व्यूरो संयोजक ओम हमालले जारी गरेको विज्ञप्तिमा तीन जना संगठनबाट बाहिर जानुलाई एकता भन्न नमिल्ने तर्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment