Comments Add Comment

मध्यम वर्गीय परिवारका लागि डाटसन ‘गो’ भरपर्दो विकल्प


१२ साउन, काठमाडौं । नेपालमा कुनै समयमा निकै ख्याति कमाएको डाटसन ब्राण्ड झण्डै अढाई दशक गुमानाम बन्यो । त्यसपछि फेरि डाट्सनले सन् ०१४ को सेप्टेम्बरमा ‘गो’ मार्फत नै नेपाली बजारमा सानदार रि-इन्ट्री गर्‍यो ।

अहिलेसम्म नेपाली बजारमा ११ सय भन्दा बढी ‘गो’ बिक्री भइसकेको छ । यसपछि आएको ‘रेडि-गो’ ले डाटसनलाई उचाईमा लैजाँदैछ र ‘गो’ को पनि यसमा योगदान कायमै छ ।

सुरुवातमा ल्याइएको ‘गो’ मा रहेको विशेषताहरुबाट नै नेपाली ग्राहकलाई फेरि प्रभावित गर्न सकिन्छ भन्ने कम्पनीको विश्वास अहिले यथार्थमा बदलिएको डाटसनको नेपालीका लागि आधिकारिक बिक्रेता पायोनिर मोटो कपका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्द बताउँछन् ।

कम क्षमताका इन्ट्री लेभलको कारबाट माथिल्लो स्तरको र शक्तिशाली ह्याचब्याकमा अपग्रेड हुन चाहने धेरै छन् । तर, यसका ठूलै रकम खर्चिनुपर्ने चिन्तामा गर्नेहरुका लागि उत्कृष्ट विकल्प बनेको हो, जापनिज कम्पनी डाट्सनको ‘गो’ ।

‘यो ‘गो’ अहिले पनि नेपाली कार ग्राहकको रोजाइको भरपर्दो विकल्प बनिरहेको छ । नेपाली बजारमा प्रवेशको अढाइ वर्षभित्रै फेरि डाट्सनले ‘गो’ कै बलमा आफूलाई ‘कम ब्याक’ गराएको छ’ म्यानेजर चन्दले भने, ‘डाटसन कम्पनीलाई नेपालमा पुनरागमन गर्न गोले ठूलो भूमिका खेल्यो । नेपाली ग्राहकलाई यसले राम्रोसँग तान्न सक्यो ।’


उनले पुरानो जेनेरेशनलाई डाट्सन ब्राण्डबारे राम्रो जानकारी भएपनि नयाँ पुस्तालाई ‘गो’ मार्फत नै यो विश्वाशिलो गाडी हो भनेर चिनाउन सकिएको बताए ।

गो किन्ने ८० प्रतिशत ग्राहक पहिलोपटक कार किन्ने नै हुने गरेका छन् । अन्य कम्पनीका इन्ट्री लेभलका कारबाट अपग्रेड हुनेले पनि यसलाई रुचाएका छन् ।

‘अर्फोडेबल’ मूल्य

धेरैले बजेट कम छ भन्दै इन्ट्री लेभलबाट अपग्रेड हुनैका लागि सेकेण्ड ह्याण्ड गाडी पनि किन्ने गर्छन् । तर, सर्भिसिङ र मेन्टिनेन्समा पाटर््स नपाइने र धेरै खर्च हुने कारण वाक्क दिक्क भएका ग्राहक पनि बजारमा थुप्रै भेटिन्छन् ।

तर, फेमिली ह्याचब्याक कार २२ लाखकै हाराहारीमा उपलब्ध गराएर डाट्सनले नेपाली ग्राहकलाई चकित मात्रै गरेको छैन, प्रभावित पनि गरेको छ ।

राम्रो कार चढ्नका लागि ठूलै बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने कार बनेको छ डाटसनको ‘गो’ । यो नेपाली कार बजारमा सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक ह्याचब्याक हो ।

यो कार नेपालमा सार्वजनिक भएपछि लगातार चर्चा र आकर्षणको केद्र्रमा छ । कम आम्दानी भएका मध्यम वर्गीय परिवारका लागि यो कार साँच्चिकै वरदान सावित भएको बताउँछन् ।

‘यति धेरै विशेषता भएको कार यति अफोर्डेबल प्राइसमा पाउन सक्नुले नै ग्राहक यसमा आकषिर्त भएका हुन्’ चन्दले भने, ‘हामीले जुन अपेक्षा र लक्ष्य लिएर यहाँ ‘गो’ ल्याएका थियौं । त्यो सफल भएको छ ।’

नेपालमा यसको रोड पर्फमेन्स र क्षमताको पुरा परीक्षण राम्रैसँग भइसकेको छ । ३ वर्षबीचमा मार्केटमा यसको भिजिबिलिटी रेञ्ज बलियो देखिएकाले पनि यसलाई ग्राहकले रुचाएको कार भन्न सकिने अवस्था छ । साथै यसका विभिन्न फिचर्सहरुले धेरैलाई तानेको छ ।

३ वर्षसम्म यो कार रिसेल मार्केटमा देखिएको छैन । बजारमा भिजिबिलिटी राम्रो रहेकाले रि-सेल मार्केटमा पनि यसले राम्रो मूल्य पाउनेमा कम्पनी विश्वस्त छ ।

‘मार्केटमा भिजिबल भएपछि पार्ट्स सस्तो पाइन्छ भने गाडीका रि-सेल भ्यालु राम्रो पाइन्छ । यो दुबै कुरामा डाटसन बहिलयो छ’ चन्दले भने ।

डाटसन गोको नयाँ कारको न्युनतम् मूल्य २२ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । थप फिचर्स सहितको अर्को भेरियन्टको मूल्य २३ लाख ३९ हजार रुपैयाँ छ ।


नेपाली बजारमा यो कारले मुलतः मारुति-सुजुकीको सेलेरियो र वेगेनासँग प्रतिस्पर्धा गरिरहेको छ ।

स्टाइलिस डिजाइन र उत्कृष्ट विशेषताको डाटसन ‘गो’ मध्यम आयस्रोत भएका ग्राहकहरुको रोजाइ पर्ने गरेको छ । विशेषगरी यूवा वर्गले नै यसलाई रुचाएको म्यानेजर चन्दले बताए ।

‘१२ सय सीसीको इन्ट्रीलेभलको कार किन्छु भन्नेका लागि यो सशक्त विकल्प बनेको छ’ उनले भने,’यसको पर्फमेन्सको चर्चा शहरमा छ ।’

उत्कृष्ट डिजाइन

निशानको माइक्रा प्लेटर्फमका आधारित कम्प्याक्ट बडीसहित गो कार भित्रबाट उत्तिकै विशाल छ । कारमा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । स्पेश आराम र सुविधाको मामलामा यो अब्बल सावित भइसकेको छ ।

डाट्सन गोकोको समग्र डिजाइन ‘प्लीज एभ्रिवान, अफेन्ड नो वान’ थीममा आधारित छ । यसको अघिको भाग, हेक्जा गोनल ल्याम्प, सिल्क डी-कट ग्रील, अगाडिको बम्पर लगायतले यसलाई सु-सज्जित गरेको छ । आउटसाइड रियर भ्यू मिररलाई विशेष तरिकाले सजाइएको छ । डाट्सन गोको पछाडिको भाग निकै सरल र आकर्षक छ ।

स्फूर्त र फिनिसिङ बनोटका कारण पनि यसलाई धेरैले मन पराएका छन् । यसमा २६५ लिटरको बूट स्पेश पनि छ ।

कम्पनीले गोको क्याबिन कम्पनीले निकै व्यावहारिक र आकर्षक ढंगले बनाएको छ । यसको डिजाइन निकै सफा र आरामदायी पनि देखिन्छ ।

भित्री सजावटका लागि कम्पनीले क्याबिनमा स्पेशल रङको प्रयोग गरेको छ । कारमा इन्फोटेनमेन्टको लागि म्युजिक प्लेयर उपलब्ध छ ।

शक्तिशाली इञ्जिन

यो कारमा १२ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यो इञ्जिनले ६८ पीएसको शक्ति र १०४ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।

यो कारमा १.२ लिटरको ३ सिलिन्डर इञ्जिन छ । यसले २०.६ प्रतिलिटरको माइलेज दिन्छ । ५ स्पीड म्यानुअल गियरको विकल्प छ । यसको फ्रन्टमा डिस्क र रियर ड्रम ब्रेक छ ।

गो राजर्मागमा उच्च गतिमा हुँदा पनि निकै स्थिर लाग्छ । यसमा गति संवेदनशील पावर स्पेयरिङ छ । यो राजमार्ग र शहरी क्षेत्रमा चलाउन सुविधाजनक छ ।

सुविधा र विकल्प

यसमा फलो माई होम हेड ल्याम्प, शक्तिशाली एयर कन्डिसनिङ, फ्रन्ट पावर विन्डो, सेट्रल लकिङ, भेन्टिलेटेड डिस्क ब्रेक, सुपेरियर फ्रन्ट सस्पेन्सन, फूल ह्वील कभर लगायतका फिचर्स पनि छन् ।

गोको अर्को आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । कारको टर्निङ रिड्युस क्लासकै उत्कृष्ट मानिएको छ ।


गो नेपालमा विभिन्न ५ कलर डार्क ब्ल्यु, सेतो, ग्रे, सिल्भर र रुबी कलरमा उपलब्ध छ । यो मध्ये आफूलाई मन परेको कलरमा गो किन्न पाइन्छ । यसको फ्रन्ट सिटमा रहेको विशेषताले उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्ृकष्ट भिजिबिलिटी प्रदान गर्छ ।

सुरक्षित कार

कम्पनीले गोमा यात्रुको सुरक्षाका लागि विभिन्न प्रविधि अपनाएको छ । फ्रन्ट र रियरमा ३ पाइन्ट सिट बेल्ट र रियर सेन्ट्रलमा टू पाइन्ट सिट बेल्ट लगायतका फिचर्सले यसलाई सुरक्षित कार बनाएको छ ।

हेडल्याम्प लेभलिङ डिभाइस, इञ्जिन मोबलिाइजर, सेन्ट्र लकिङ लगायतका विशेषता पनि यसमा छन् ।


दुई भरियन्टमध्ये टी (ओ) भेरियन्टमा सिंगल एयर ब्याग पनि छ । यसले कुनैपनि अवस्थामा सुरक्षित यत्राका लागि आत्मविश्वास प्रदान गर्छ ।

सस्तो सर्भिसिङ

नेपालमा ११ वटा डिलरहरुमार्फत रेडी गो बिक्री भइरहेको छ । पायोनियर मटोकर्पले केही समयभित्रै अन्य डलहररु थप गर्ने योजना बनाएको छ ।

यसको मर्मत खर्च अन्य ब्रान्डका यही सेगमेन्टका गाडीको निकै न्युन रहेको दावी पनि म्यानजर चन्दले गरे । इन्ट्री लेभलको कारमा जत्तिकै मर्मत खर्च यसले लिने भएकाले धेरैलाई प्रभावित गर्न सकिएको उनले बताए ।

‘गोको सर्भिसिङ लागत अन्य कम्पनीको इन्ट्री लेभलको कारको भन्दा पनि सस्तो छ । हामी कम्प्यारिजन गरेर नै ग्राहकलाई यसबारे बुझाउँछौं’ चन्दले भने,’हामीलाई गोमा प्राप्त प्रतिक्रियामध्ये सस्तो सर्भिसिङ लागत पनि उत्साहप्रद छ ।’

११ स्थानमा सर्भिसिङ सेन्टर चलाइसकेको कम्पनीले गाडीको सर्भिसिङ नेटवर्क विस्तारका लागि पनि काम भइरहेको जनाएको छ । कम्पनीले आफ्नो गाडीमा ३ वर्षको सर्भिसिङ र वारेन्टी पनि दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment