+
+

‘सिने सर्कल अवार्ड’मा विपिन र बर्षा उत्कृष्ट, जात्राले बाजी मार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते ११:०३


काठमाण्डौको आर्मी अफिसर्स क्लबमा सोमबार आयोजना भएको ‘सिने सर्कल’ अवार्डमा चलचित्र ‘जात्रा’ले अधिकांश विधामा बाजी मारेको छ । ‘एलजी सिने सर्कल अवार्ड’ नाम दिएर आयोजित समारोहमा उत्कृष्ट निर्देशकदेखि नायक-नायिकाको विधामा गतबर्षको हिट चलचित्र ‘जात्रा’ले बाजी मार्‍यो । यो चलचित्रका निर्देशक प्रदिप भट्टराइ बाहेक अरु कोहीपनि टिम अवार्ड समारोहमा उपस्थित नभएकाले पनि भट्टराइलाई अवार्ड लिनका लागि भ्याइ नभ्याइ देखिएको थियो ।

कार्यक्रममा द्धन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले महर्जनलाई अवार्ड प्रदान गरेका थिए ।

चलचित्रकर्मीको उपस्थिती कमजोर रहेपनि अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिती भने अवार्ड समारोहमा बाक्लो देखिएको थियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्र ५१ बर्षमा पुगेको अवसरमा चलचित्र ‘माइतीघर’ टिमलाई विशेष सम्मान गरिएको थियो । चलचित्रका नायक सीपी लोहनी र नायिका माला सिन्हालाई कार्यक्रममा विशेष सम्मान गरियो ।


कुन विधामा कुन चलचित्र र चलचित्रकर्मीले अवार्ड प्राप्त गरे, सम्पूर्ण सूची यहाँ प्रस्तुत गरिएको छः

१. उत्कृष्ट फिल्मः जात्रा
२. उत्कृष्ट निर्देशकः प्रदिप भट्टराइ(जात्रा)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत(जात्रा)
५. उत्कृष्ट संगीतकारः कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
६. उत्कृष्ट जोडीः माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
७.उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
८. उत्कृष्ट एक्सन संयोजकः हिमाल केसी(के म तिम्रो होइन र)
९. उत्कृष्ट पाश्र्व गायिकाः मिना निरौला(ठमेल बजार, लुट २)
१०. उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाइ(पलाँस)
११. उत्कृष्ट पटकथाः प्रदिप भट्टराइ(जात्रा)
१२. उत्कृष्ट ध्वनी मिश्रणः शैलेस श्रेष्ठ( गाजलु)
१३. उत्कृष्ट सम्पादकः अर्जुन जीसी(विर विक्रम)
१४. उत्कृष्ट पपुलर अभिनेत्रीः प्रियंका कार्की(छक्का पन्जा)
१५. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी(छक्का पन्जा)
१६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मेसिन (नविन अवाल)
१७. उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयरः दीपाश्री निरौला(छक्का पन्जा)
१८. उत्कृष्ट भीएफएक्स अफ द इयरः सत्यम राना र सुदिप आचार्य(जय पर्शुराम)
१९. उत्कृष्ट पपुलर सङ अफ द इयरः कालिप्रसाद बाँस्कोटा, ठमेल बजार(लुट २)
२०. उत्कृष्ट स्टन्ट अफ द इयरः राजु तामाङ(जय पर्शुराम)
२१. उत्कष्ट ट्रेलर अफ द इयरः सुरेन्द्र पौडेल(लुट २)
२२. उत्कृष्ट पोष्टर अफ द इयरः सुन्दर श्रेष्ठ(छक्का पन्जा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?