बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

बिमस्टेेक प्रतिनिधि घुमे चन्द्रागिरी

अनलाइनखबर

२७ साउन, काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएका विशिष्ट व्यक्तिहरुको समूहले शुक्रबार रिट्रीटको सिलशिलामा चन्द्रागिरी केबलकारको भ्रमण गरेका छन् ।

अनौपचारिक भ्रमणको क्रममा रहेको समूहलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ्गले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।

अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महारा, भुट्नीज विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गरेका थिए ।

भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरुले चन्द्रागिरी आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिँदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताए ।

चन्द्रागिरी भ्रमणबारे प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री महराले चन्द्रागिरी हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पुर्‍याएको बताए ।


२०७४ साउन २७ गते १८:२७ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this