Comments Add Comment

बाढी पीडित किसानका लागि विशेष राहत प्याकेज ल्याउँछौंः मन्त्री यादव

३ भदौ, काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट कृषि क्षेत्रमा बढी क्षतिभएको भन्दै केही दिनमा नै विशेष राहत प्याकेज घोषणा गर्ने बताउका छन् ।

‘कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएकोले हामी मर्माहत भएका छौं, यो अपुरणीय क्षति हो’ शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री यादवले भने, ‘धान खेत नष्ट भएका छन्, माछापालनदेखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएका छन् ।’

बाढीका कारण कृषिमा झण्डै ८ अर्ब ६४ करोड ३४ लाख रुपैयाँको क्षति भएको उनले बताए ।

क्षति कति भएको हो र कति राहत दिने भन्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको भन्दै उनले १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरिने बताए । उनले थपे, ‘बैंकमा ऋण लिएका किसानलाई कति छुट दिने कि मिनाहा गर्ने सबै विषयमा समितिले काम गरिरहेको छ, के हुन्छ हामी चाँडै घोषणा गर्छौं ।’

नष्ट भएका अन्नवालीलाई समेत ध्यान दिएर खेत पूनः रोप्न चाहनेहरुलाई निःशुल्क विउ दिनेदेखि छुट समेत गरिने र माछाका भुरा उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment