Comments Add Comment

रुपन्देहीमा ६६ हजार बढी मतदाता थपिए

५ भदौ, भैरहवा । जिल्लामा ६६ हजार बढी मतदाता मतदाता थपिएका छन् ।

तस्वीरसहितको मतदाता नामावली संकलनका क्रममा ६६ हजार ३ सय ९६ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जसमा ३२ हजार ७ सय ६३ जना पुरुष, ३३ हजार ६ सय ३२ जना महिला र एक जना तेस्रो लिङ्गीले आफ्नो नाम मतदाता नामवली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

यसमध्ये २ हजार ८५२ जना मतदाताले रुपन्देही बाहिर अन्य जिल्लामा मतदान गर्ने गरी आफ्नो नाम दर्ता गराएको प्रमुख गौतमले बताए । यो सँगै रुपन्देही जिल्लामा मात्र कुल ६३ हजार ५ सय ४४ जना मतदाता थपिएका छन् ।

स्थानीय तहको निर्वाचनपछि सर्बसाधरणमा चेतना बढेको कारण उल्लेखनीय रुपमा सर्वसाधरणले मतदाता नामवलीमा नाम दर्ताको गराएको देखिएको प्रमुख गौतमले बताए ।

साउन एक गते देखि १५ गते सम्म जिल्लाको सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मात्र नामवली दर्ता भइरहेपनि आयोगको निर्णय अनुसार साउन १६ गते देखि भदौ ३ गतेसम्म जिल्लाको १६ वटै तहबाट मतदाता नामवली संकलन गरिएको थियो ।

बढी मतदाता नामवली दर्ता हुनेमा रुपन्देही जिल्ला मुलुकको चौथो स्थानमा रहेको छ । बढी मतदाता नामवली दर्ता हुनेमा क्रमस काठमाण्डौँ, मोरङ, झापा, रुपन्देही र कैलाली जिल्ला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment