Comments Add Comment

हट नगरिसलाइ साधारण भूमिका नै प्यारो


बलिउडमा नरगिस फखरीलाइ हट नायिकको रुपमा चिनिन्छ । आफ्नो फोटोसुटदेखि चलचित्रको पर्दामा नगरिस जवानी शो गर्न माहिर छिन् । तर, नरगिस आफूलाइ यस्तो भूमिका मन नपर्ने बताउँछिन् ।

एक फेशन शोमा सहभागी भएकी नगरिसले भारतीय मिडियासँग कुरा गर्दै भनिन्-‘ मलाइ साधारण भूमिकामा काम गर्न मन लाग्छ । यस्तो खालका भूमिकाका लागि तयार हुन पनि लामो समय लाग्दैन । मलाइ ग्ल्यामर विहिन भूमिकामा काम गर्न मन लाग्छ ।’

आफू न्यूयोर्कबाट बलिउडमा आएकाले पनि आफूलाइ मन परेका पहिरन आफूले लगाउने गरेको नगरिसले बताएकी छिन् । उनले आफूलाइ जीममा लगाउने गरेका पहिरन लगाउँदा सहज हुने गरेको पनि स्पष्ट पारिन् ।

बलिउडमा केही बर्षदेखि सक्रिय भएपनि नगरिस खासै सफल छैनन् । तर, उनले यतिबेला आफूले केही नयाँ काम गरिरहेको समेत सुनाइन् । उनले आफूलाइ सधै एउटै कुरामा मात्र सिमित राख्न नचाहेको पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment