Comments Add Comment

राज्यमन्त्री थपिएपछि मन्त्रालय ‘भद्रगोल’

८ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २३ नजा राज्यमन्त्री आफ्नो मन्त्रिमण्डलमा समावेश गरेपछि मन्त्रालय भद्रगोल बनेको छ । प्रधानमन्त्रीले ठूलो संख्यामा राज्यमन्त्री थपेकै कारण मन्त्रालय भद्रगोल भएका हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितको बाइलाइनमा प्रकाशित समाचारअनुसार साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँसमेत पाइएको थिएन ।

उनीहरु सहसचिवको कार्यकक्षमा बसे भने सहसचिवहरु अधिकृतको कार्यकक्षमा बस्ने व्यवस्था मिलाइएको छ ।

५० सदस्यीय देउवा मन्त्रिपरिषदमा २३ राज्यमन्त्री र २६ मन्त्री छन् ।५० जना मन्त्रीहरुको व्यवस्थापन गर्न प्रशासनिक नेतृत्वलाई हम्मेहम्मे परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment