मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com

नवलपरासी र रुकुमका जिसस भवन र कर्मचारी आधा-आधा

अनलाइनखबर

२८ भदौ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले नवलपरासी र रुकुमको जिल्ला विकास समितिलाई भवनदेखि स्रोतसाधन सबै आधा-आधा बाँडेर काम गर्न निर्देशन दिएको छ ।

प्रदेश ४ र ६ मा परेपछि रुकुम पूर्वी र पश्चिम गरी दुई भागमा बाँडिएको छ भने प्रदेश ४ र ५ मा परेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिम भनेर बाँडिएको छ ।

सरकारले चार वटा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेपछि स्थानीय विकास मन्त्रालयले साविकको जिविसको साधन स्रोत, कर्मचारी र भवन आधा-आधा गर्न भनेको हो ।

मन्त्रालयले जिसस रुकुमको कार्यालय भवन विभाजन गरेर रुकुम पूर्वी र पश्चिमको जिसस चलाउन भनेको छ । यस्तै नवलपरासीको कार्यालय भवन विभाजन गरेर बर्दघाट सुस्ता पूर्व र पश्चिमको कार्यालय चलाउन भनेको छ ।

हेर्नुस् स्थानीय विकास मन्त्रालयको कार्यादेश 

२०७४ भदौ २८ गते १८:३३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this