Comments Add Comment

ओपोले ल्यायो उत्कृष्ट क्षमताको ए७१ सार्वजनिक

२ असोज, काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्डका रुपमा परिचित ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए७१ सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्स सहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त फोन कम्पनीले मितब्बयी मूल्य श्रेणीमा सार्वजनिक गरेको बताएको छ ।

ओक्टा-कोर सीपीयू + ३ जीबी र्‍याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले रु. २१ हजार ९ सय ९० निर्धारण गरेको छ ।

नेपाली बजारमा रहेका प्रमुख विक्रि केन्द्र मार्फत फोनको गोल्ड कलर भर्जन सर्वत्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ओक्टा कोर प्रोशेसर र प्रयोगमैत्री अनुभव प्रदान गर्न केर्नल फञ्सन्सका साथै ओपो ए७१को फ्रण्ट क्यामेरामा ओप्पोको आधार मानिने फोटोग्राफी प्रविधि, ब्यूटीफाई फोर सहित जीवन्त तस्विर खिच्न परिस्कृत रियर क्यामेरापनि उपलब्ध गरिएको छ ।

साथै, फोनमा प्रयोग गरिएको पातलो मेटालिक यूनी बडीले ओपो ए७१लाई निकै आकर्षक लुक्स प्रदान गरेको छ ।
‘हाम्रा मिड रेञ्ज्ड उत्पादनका उपभोक्ता समुहमा नयाँ फोनले अत्यधिक खुशी प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । अत्याधुनिक प्रविधिहरुका साथै फोनमा हामीले ओपो सेल्फीलाई पनि निरन्तर्ता दिएका छौँ ।’

नयाँ फोन ए७१का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘सदा झैँ यस फोनलाई पनि उपभोक्ता मार्फत उत्तिकै माया प्राप्त हुने हामीले आशा लिएका छौँ ।’

तिब्र कार्य सम्पादनका लागि ओक्टा-कोर सीपीयू

ओपो ए७१मा कम्पनीले तिब्र कार्य सम्पादनका लागि ओक्टा-कोर सीपीयू र तीन जीबी र्‍याम जडान गरेको छ । यसमा रहेको ६४ बिट ओक्टा कोर सीपीयूले सहज मल्टिटास्किङका साथै विभिन्न एप विच स्विच गर्दा सहजता समेत प्रदान गर्छ ।

साथै, यसमा रहेको ओक्टा-कोर सीपीयूले प्रयोग अवस्थाको पहिचान गर्दै आवश्यकता अनुसार कार्यका लागि भिन्न सीपीयूका स्वचालित रुपमै छनोट समेत गर्छ । यसले गर्दा तस्विर लिन, भिडियो हेर्न तथा गेम्स खेल्दा तिब्र गतिमा कार्य गर्नुका साथै प्रयोगकर्तालाई झञ्झट रहित अनुभव प्राप्त हुन्छ ।

फोनमा टि्रपल स्लोट कार्ड ट्रेको समेत ब्यवस्था छ । यसको माध्यमबाट फोनको १६ जीबी आन्तरिक सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्म बढाउन सकिन्छ । साथै, दिनभरको कार्यमा प्रयोगकर्ताले ब्याट्रीकै कारण झञ्झट ब्योहोर्नु नपरोस् भन्ने सोचका साथ यसमा ३ हजार एमएएच क्षमताको तिब्र गतिमा चार्ज हुने ब्याट्रीपनि उपलब्ध गरिएको छ ।

समय सापेक्ष स्लिम यूनी बडी

गेम्स खेल्दा तथा भिडियो हेर्ने कार्यमा आनन्द दायी दृष्य अनुभव प्रदान गर्ने सोचका साथ ओपो ए७१मा ५ दशमलव २ ईञ्चको स्क्रीन उपलब्ध गरिएको छ ।

फोनको डिजाइनमा प्रयोग गरिएको मेटालिक यूनिबडी हेर्दा आकर्षक हुनुका साथै बोक्दा समेत सहज अनुभव हुन्छ । फोनमा प्रयोग गरिएको डल्फिनको पछिल्लो भागबाट प्रेरित वेष्ट लाइन हत्केलाको आकारमा सहजै समाहित हुने किसिमले डिजाइन गरिएको छ ।

आकर्षक क्षमता सहितका क्यामेरा

ए७१मा विस्तृत विवरण सहितका प्राकृतिक सेल्फी लिन सकियोस् भन्ने सोचका साथ ओपोको पृथक फोटोग्राफी अर्थमेटिक सहितको ५ मेगापिक्सेल क्षमता भएको क्यमोरा जडान गरिएको छ । यो क्यामेराले प्रकाशको उपलब्धता न्यून भएका स्थानमा समेत उत्कृष्ट तस्विर लिन सक्ने कम्पनीको दावी छ ।

साथै, यसमा रहेका फिल्टर्सका माध्यमबाट तस्विरलाई थप रोचक बनाउन पनि उल्लेख्य सघाव मिल्छ । सटिक-सफा, विस्तृत विवरण तथा जीवन्त रंग सहितका तस्विरका लागि फोनमा रहेको १३ मेगापिक्सेल क्षमताको रियर क्यामेरामा मल्टि-फ्रेम डिनोइजिङ प्रविधि उपलब्ध गरिएको छ ।

साथै, यसमा रहेको बोके ईफेक्टले तस्विरमा रहेको ब्याकग्राउण्ड धमिल्याउँदै विषयलाई थप स्पष्टता प्रदान गर्छ । कम्पनीका अनुसार यसबाट खिचिएका तस्विर वास्तविक आँखाले देख्ने दृष्यको धेरै हदसम्म नजिक हुन्छ । साथै, फोकसिङ स्पिडमा ल्याइएको सुधारले तस्विर लिने कार्यलाई तिब्रताका साथै सहजता समेत प्रदान गर्छ ।

सुरक्षित तथा सहज अनुभव

ओपो ए७१मा प्रयोग गरिएको कलर ओएस ३.१ले फोन सञ्चालनको अनुभवलाई थप परिस्कृत गर्दै तिब्रता र सुरक्षाको प्रत्याभुति प्रदान गर्छ । यसमा रहेका स्पलिट स्क्रीन, आई प्रोटेक्सन डिस्प्ले लगायतले यसका लागि उल्लेख्य भुमिका खेलेको छ ।

स्पलिट स्क्रीनको माध्यमबाट दूई ओटा एप एकै पटक सञ्चालन गर्न सकिन्छ उदाहरणका लागि टीभी सिरिजको मनोरञ्जन लिँदै यसमा भइरहेका घटना क्रमका बारेमा तपाई म्यासेञ्जर मार्फत साथीसंग कुराकानी गर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment