Comments Add Comment

झापाको गौरिगञ्जमा आगलागी, ६ लाख बराबरको क्षति

३ असोज, झापा । झापाको गौरिगञ्ज गाउँपालिकामा मंगलबार आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

गौरिगञ्ज-३ बस्ने माया लिम्बुको घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

बिहान ७ बजे विद्युत सर्ट भई अचानक आगलागी हुँदा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी प्रहरी र स्थानीयको सहयोगमा एक घण्टा पछि नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment