Comments Add Comment

एइबरविरुद्ध मेस्सीको चार गोल, नाउक्याम्पमा ३०१ गोलको आँकडा पार

४ असोज, काठमाडौं । लिओनल मेस्सीको चार गोलसँगै बार्सिलोनाले एइबरलाई हराएको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ गोल अन्तरले हराएको हो ।

नाउक्याम्पमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो ।

५३ औं मिनेटमा डेनिस स्वरेजले गोल गरे । ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीले ३ मिनेटपछि ह्याट्रिक पुरा गरे ।

खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा मेस्सीले चौथो गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो । साथै मेस्सीले नाउ क्याम्पमा १३ वर्षमा ३०१ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment