+
+

वेलायतमा इङ्नाम इवाहाङ्को वार्षिक भेला

लण्डन । वेलायतको तोङहाम रोड एल्डरसटको कनाउ स्कूलमा इङ्नाम–इवाहाङ्को वार्षिक भेला (तेस्रो) भब्यताका साथ सम्पन्न भएको छ । शनिवार भएको उक्त भेलामा चेलीबेटीलाई स–परिवारकासाथ निमन्त्रणा गरिएको थियो । चन्द्र इङ्नामको स्वागत मन्तब्यबाट कार्यक्रमको सुरुवात गरिएको उक्त कार्यक्रममा इङ्नाम–इवाहाङका सबैभन्दा बृद्घ बाबा–आमालाई स–सम्मानका साथै आशन ग्रहण गराइएको थि

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते ६:०४

सुरेन्द्र इङ्नाम

लण्डन । वेलायतको तोङहाम रोड एल्डरसटको कनाउ स्कूलमा इङ्नाम–इवाहाङ्को वार्षिक भेला (तेस्रो) भब्यताका साथ सम्पन्न भएको छ । शनिवार भएको उक्त भेलामा चेलीबेटीलाई स–परिवारकासाथ निमन्त्रणा गरिएको थियो । चन्द्र इङ्नामको स्वागत मन्तब्यबाट कार्यक्रमको सुरुवात गरिएको उक्त कार्यक्रममा इङ्नाम–इवाहाङका सबैभन्दा बृद्घ बाबा–आमालाई स–सम्मानका साथै आशन ग्रहण गराइएको थियो । अर्को चरणमा यस वर्ष भरि दिवंगत हुनुभएकाहरु स्वर्गिय पूर्ण बहादुर इङ्नाम, स्वर्गिय रामप्रसाद ईङ्नाम, स्वर्गिय नरमाया ईङ्नाम र स्वर्गिय गौरीमायाँ इङ्नामको सम्झनामा १ मिनेट मौनधारण गरि शोक मानाएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।a

 दोस्रो चरणको कार्यक्रम वधाइ कार्यक्रम रहेको थियो । उक्त कार्यक्रमको उदेश्य भने विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने आफ्ना दाजु–भाइ, छोरी–चेली, भाना भान्जाहरुलाई खदा ओडाएर हौसला दिनु हो, सोहि अनुरुपले १२ जनालाई खदा ओडाएर अझै प्रगति गर्नलाई हौसला दिइएको थियो ।कार्यक्रमको तेस्रो चरणमा शेरबहादुर इङ्नाम “हाङ्याक्के” ले अहिले सम्मको वंशावलीहरुको संक्षिप्त विवरण सजिलो र छोटो तरिकाले दिनु भएको थियो भने अब प्रकाशन हुन लागेको तेस्रो संस्करणको लागि बेलायत वासी बन्धु तथा चेलीहरुलाई आफ्नो वंस विवरण संकलकलाई नबुजाए छुटन सक्ने चेतावली दिदै विवरणको फारामहरु चेली र बन्धुहरुलाई बेग्ला बेग्लै फारामहरु बाड्नु भएको थियो ।b

कार्यक्रमको चौथो चरणको कार्यक्रम भने परिचयात्मक कार्यक्रम रहेको थियो । यस भेलाको मुख्य लक्ष पनि एक आपसमा चिनजान र साईनो–सम्बन्ध केलाउने रहेको थियो । परिचयात्मक कार्यक्रम पश्चात खानपिन साथै चिनजान कार्यक्रममा बाँकी रहेकाहरुले एक आपसमा चिनजान गर्ने मौका पाउनु भएको थियो ।कार्यक्रमको अन्त्यमा वन्धु समिति अध्यक्ष भु.पु.क्या. महेन्द्र इवाहाङज्यूले आजको भेलाको महत्वलाई पुन प्रष्ट्याउनुको साथै दाजु–भाइ चेली–वेटी विच दुःख तकलिफको बेलामा सरसहयोग, हेरचार गरौँ भन्नु भएको थियो । साथै यस भेलाको लागि जति पनि खट्नु भएका आ–आफ्ना कार्यक्षेत्रका सबै बन्धुहरुलाई तपाईहरुको सहयोगले यो कार्यक्रम वा भेला सफल भएको हो भन्दै धन्यवाद दिएर भेलाको औपचारिक समय सकिएको घोषणा गर्नु भयो । यस कार्यक्रमलाई वन्धु समिति सचिव प्रेम कुमार ईङ्नामले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?