Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयको पढाइ सुचारु गर्न तीन विद्यार्थी संगठनको आग्रह

९ भदौ, काठमाडौं । प्रमुख तीन दलसम्वद्ध विद्यार्थी संगठनहरुले १० महिनादेखि बन्द पूर्वाञ्चल विश्वविद्यालयको पठनपाठन सुचारु गर्न आग्रह गरेका छन् ।

नेवि संघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुका अध्यक्षले आइतबार संयुक्त विज्ञप्ति जारी गरि आन्दोलनले विद्यार्थीहरुको भविश्य नै तहसनहस बनेको, परीक्षा, एकेडेमिक क्यालेण्डर अनिश्चित भएको भन्दै परीक्षा र पठनपाठनमा अवराधन नहुने गरी आन्दोलन गर्न राजनीतिक राजनीतिक दललाई आग्रह गरेका हुन् ।

भ्रष्टाचार र अनियमिता भएको भन्दै स्थानीय राजनीतिक दलले २५ हजारभन्दा बढी विद्यार्थी अध्ययननर पूर्वाञ्चल विश्वविद्यालय १० महिनादेखि ठप्प पारेका छन् । वार्ता र सम्वादबाट समस्याको समाधान गर्न दलहरुलाई आग्रह गरेका ३ विद्यार्थी संगठनले छानविन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

यस्तो छ विज्ञप्ति

3-student-union

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment