+
+

माछाको भाउ ५० प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते १२:५३

९ भदौ, काठमाडौं । बुबाको मुख हेर्ने पर्व नजिकिँदै जाँदा यहाँको बजारमा सुकेको माछाको भाउ निकै वृद्धि भएको छ । गत वर्ष प्रतिकेजी रु ९०० मा पाइने सुकेको माछाको भाउ वृद्धि भएर यो वर्ष रु एक हजार ३०० सम्म पुगेको छ । अझ खुद्रामा खरिद गर्दा त प्रतिपाउ रु २५० देखि रु ३०० सम्ममा बिक्री हुने गरेको छ ।

fish-1असन तथा चिकंमुगल आदि बजारमा पसलैपिच्छे भाउ फरफरक पाइन्छ । त्यस्तै, हाँसको अण्डाको मूल्य पनि झन्डै ६ महिनाअघि प्रतिगोटा रु २० देखि रु २५ मा पाइने गरेकोमा मूल्य वृद्धि भएर हाल रु ३० देखि रु ३५ सम्म पर्ने गरेको छ । असनका व्यापारी राम श्रेष्ठका अनुसार नेवार समुदायको मुख्य चाड बुबाको मुख हेर्ने दिनसम्म आइपुग्दा अण्डा र माछाको भाउमा अझ वृद्धि हुन सक्छ ।

नेपालको तराई क्षेत्रसहित भारतबाट पनि माछा र हाँसको अण्डा आयात हुने गरेको छ । नेवार समुदायमा बुबाको मुख हेर्ने बेला सुकेको माछा, भिजेको माछा, हाँसको अण्डा सगुनका रूपमा दिने मात्र नभई घरका ठूलाबडालाई सम्मानका रूपमा पनि राख्ने प्रचलन छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?