Comments Add Comment

निर्वाचन रोकिदैन, जसरी पनि हुन्छः देउवा

१० भदौ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा-माओवादी सहमतिमा नआएर निर्वाचनमा सहभागी नभएपनि तोकिएको समय मै निर्वाचन हुने दाबी गर्नुभएको छ ।

sherbahadur deubaमाओवादीलाई सहमतिमा ल्याएर निर्वाचनमा सहभागी गराउने पहल अन्तिम समयसम्म जारी रहने भन्दै नेता देउवाले हरसम्भव प्रयासगर्दा पनि चुनाव भाग नलिने स्थिति आए आफुहरु पर्खेर बस्न नसक्ने बताउनुभयो । नेपाल प्रेश युनियन चितवन शाखाले आज विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले वैद्य सहितका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन आफुहरु लागि परेको बताउनु भयो ।

सरकार परिवर्तन र चुनावको मिति सार्ने बाहेकका अन्य मुद्धामा छलफल गर्न आफुहरु तयार रहेको भन्दै देउवाले नेकपा-माओबादीलाई निर्वाचनमा भाग लिने बनाउन सवैले दवाव दिनुपर्नेमा जोडदिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment