+
+

लक्ष्यभन्दा डेढ अर्ब बढी राजश्व असुली

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते ६:१७

११ भदौ, काठमाडौं । सरकारलाई चालु आर्थिक वर्ष २०७०/०७१ को पहिलो महिनामै राजश्व संकलनमा ठूलो सफलता मिलेको छ । सरकारले साउन महिनामा २४ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा झन्डै १ अर्ब ३९ कारोडले बढी हो । सरकाले समिक्षा महिनामा २३ अर्ब २८ करोड ९९ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

Saun-Tax-Sankalanसमिक्षा महिनाको राजश्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सरकारले १९ अर्ब १५ करोड रुपैयाँमात्र राजश्व संकलन गर्न सफल भएको थियो । समिक्षा महिनामा सरकारले कर राजश्व लक्ष्यभन्दा ३ प्रतिशत र गैर कर राजश्व लक्ष्यभन्दा ९५ प्रतिशत बढी संकलन गर्न सफल भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार गत वर्षको तुलनामा कर राजश्व २७.४ प्रतिशत र गैर कर राजश्व ५८.७ प्रतिशतले बढी संकलन भएको छ ।

भन्सार प्रशासनतर्फ साउन महिनामा ५ अर्ब ३ करोड ४९ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४ अर्ब ६९ करोड ६८ लाख ४५ हजार रुपैयाँ असुली भएको छ । भन्सारको असुली भने लक्ष्यभन्दा केही कम संकलन भएको छ । पैठारीमा देखिएको शिथिलताका कारण पैठारी महसुल लक्ष्य बमोजिम हासिल नहुँदा भन्सारतर्फको राजश्व असुलीमा कमी आएको अर्थमन्त्रालयको स्पष्टोक्ति छ । गत वर्षको सोही अवधिको तुलनामा भने भन्सार महशुल संकलन १७.७३ प्रतिशतले वृद्धि भएको छ ।

मूल्य अभिवृद्धि कर साउनमा लक्ष्यभन्दा ३.५ प्रतिशत बढी ९ अर्ब २९ करोड ४९ लाख ६३ हजार रुपैयाँ संकलन भएको छ । समिक्षा महिनामा अन्तःशुल्क २ अर्ब ९८ करोड ९२ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यभन्दा ८ प्रतिशत कम र गत वर्षको सोही अवधिको तुलनामा २४.४६ प्रतिशतले बढी हो । आन्तरिक रुपमा संकलन हुने अन्तः शुल्क भन्दा आयातामा लाग्ने अन्तः शुल्कको असुली कम भएको हुनाले लक्ष्य मुताविक असुल हुन नसकेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

आयकर ४ अर्ब ३ करोड ४१ लाख ३९ हजार रुपैयाँ असुली भएको छ । जुन लक्ष्यको तुलनामा २२ प्रतिशत र गत वर्षको दाँजोमा २९.२२ प्रतिशतले बढी हो । रजिष्ट्रशन दस्तुर, सवारी साधन कर र अन्य कर साउन महिनामा २ अर्ब २४ करोड ९३ लाख १० हजार रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । साथै, गैर कर राजश्वको लक्ष्य साउन महिनामा ७२ करोड ५४ लाख ५२ हजार राखिएकोमा लक्ष्यभन्दा ९४.९ प्रतिशत बढी संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?