+
+
Shares

फेसबुकमा एल्बम शेयर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १२ गते ५:५८

फेसबुकले अनलाइन फोटो एल्बम शेयर गर्न सकिने सेवा सुरु गरेको छ । यो सेवासँगै अब फेसबुकेहरुले फेसबुकमा आफ्ना साथीको साझा अनलाइन एल्बम बनाएर तस्वीर शेयर गर्न सक्नेछन् ।

1

फेसबुकका अनुसार यो सेवाको उपभोग गर्दै फेसबुक प्रयोगकर्ताहरुले समूह तयार गरी साझा एल्बम तयार पार्न र त्यसमा विभिन्न महत्वपूर्ण क्षणमा एक अर्काले खिचेका एकै सन्दर्भका तस्वीरलाई एकठाउँमा संग्रह गरी साथीहरुबीच शेयर गर्न सकिनेछ । यसले साथीहरुबीच सरोकारका तस्वीर अनलाइन मार्फत एकैचोटी शेयर गर्न तथा तस्वीरहरुलाई विशिष्टीकरण गर्न सहज हुने फेसबुकको दाबी छ ।

यस्तो साझा अनलाइन एल्बममा १० हजार वटासम्म तस्वीर अट्नेछन् । जबकी फेसबुकमा यसअघि निजि फोटो एल्बममा केवल १ हजार वटासम्म मात्र तस्वीर अपलोड गर्न सकिन्थ्यो ।

फेसबुकका दिनहुँ करोडौँ तस्वीर अपलोड हुने गरेको सन्दर्भमा फेसबुके साथीहरुबीच तस्वीर शेयर गर्न अझै सजिलो होस् भन्ने उद्देश्यले शेयर्ड फोटो एल्बमको सेवा सुरु गरेको फेसबुकको भनाइ छ ।

यो फोटो एल्बम शेयर गरिसकेपछि त्यसरी शेयर गरिएकाहरु हरेकले त्यसमा तस्वीर थप्न, संसोधन गर्न, ट्याग गर्न सक्नेछन् । यद्यपि अहिलेको लागि यो सेवा केवल अमेरिकामा मात्र सुरु गरिएको छ ।

एक तथ्यांक अनुसार विश्वमा धेरै नवजात शिशुको जन्मेको एक घण्टाभित्रैमा फेसबुकमा तस्वीर अपलोड हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?