Comments Add Comment

अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन कोइराला श्रीलंकामा

१२ भदौ, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइराला सार्क अर्थमन्त्री स्तरीय छैठौं बैठकमा भाग लिन बुधबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्नुभएको छ । बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । त्यसैगरी, बैठकले लगानी प्रवर्द्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिनेछ । विश्वले झेलिरहेको वित्तिय संकटबाट यसक्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गर्ने बताइएको छ ।

Shankar-Koirala

अघिल्लो वर्ष बंगलादेशका ढाकामा सम्पन्न अर्थमन्त्रीहरुको पाँचौ बैठकमा पारित विषयको समीक्षा र आगामी रणनीति तयार गर्नु बैठकको उद्देश्य रहेको छ । यस संगै सार्क विकास कोषको बैठक पनि बस्नेछ । जसले संस्थागत प्रगति समीक्षा र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ ।

अर्थमन्त्रीहरुको बैठक अघि नै सार्क देशका अर्थ सचिवहरुको बैठक आज बस्दैछ । यस बैठकले मन्त्रिस्तरीय बैठकका एजेण्डा तय गर्नेछ । कोलम्बो बसाईका क्रममा अर्थमन्त्री कोइरालाले श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र सार्क राष्ट्रका समकक्षीहरुसंग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment