Comments Add Comment

सरकारसँग वार्ता गर्न सात सदस्यिय टोली गठन

१३ भदौ, काठमाण्डौं । विभिन्न माग राखि आन्दोलनरत रहेको नेपाल सद्भावना पार्टीले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । निर्वाचन क्षेत्र पुर्नःनिर्धारणलगायत विभिन्न माग राखेर गत साउन २७ गतेदेखि आन्दोलन गर्दै आएको सद्भावनाले सरकारको आह्वान पछि वार्ता टोली गठन गरेको हो ।

पार्टीका उपाध्यक्ष रामवरण यादवको संयोजकत्वमा गठित वार्ता टोलीमा ठाकुरप्रसाद यादब, वृजगोपाल गुप्ता, हरिश्चन्द्र सिंह, मोहम्मद शफीक अन्सारी, निरन्जन पौडेल र अशोक चौधरी रहेको सद्भावनाका राष्ट्रिय प्रवक्ता गोविन्दा शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment