Comments Add Comment

म्याद नाघेका औषधी बिक्री गर्ने फार्मेसीमा तालाबन्दी

१३ भदौ, काठमाडौं । काठमाडौंको चावाहिलमा संचालित फार्मेसीहरुले म्याद नाघेका औषधी बिक्री वितरण गरेको फेला परेको छ । वाणिज्य विभागले मंगलबार फार्मेसीहरुमा छड्के अनुगमन गर्दा म्याद नाघेका औषधीहरु बिक्री गरेको फेला पारेको हो ।

विभागका शाखा अधिकृत श्यामजंग कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले फार्मेसीम लाइसेन्स लिएको व्यक्तिले नभई अन्य व्यक्तिले औषधी बिक्री वितरण गरिरहेको भेटाएको छ । साथै, लागु तथा मनोदिपक औषधीको रेकर्ड नराखी जथाभावी बिक्री गरेको समेत अनुगमनको क्रममा भेटिएपछि पसल बन्द गरिदिएको विभागले जनाएको छ ।

Drugsअनुगमन गरिएका ६ वटा फार्मेसीमध्ये सुन्दरम फर्मामा औषधी व्यवसायी स्वयमले बिक्री वितरण नगरेको, लागु तथा मनोदिपक औषधीहरुको रेकर्ड नराखी बिक्री वितरण गरेको भेटाएपछि विभागले पसलमा ताला लगाइदिएको छ । त्यस्तै, स्पेश फर्मेसीमा पनि औषधी व्यवसयी स्वयम पसलमा नवसी गैर व्यक्तिले औषधी बिक्री वितरण गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड नभएको भेटिएपछि विभागले यो फार्मेसीम्ाा पनि ताला लगाइदिएको जनाएको छ ।

हिमाल ड्रग्स प्रालिमा औषधी व्यवासायीले नभई अन्य व्यक्तिले औषधी बिक्री वितरण गरेको फेला पर्‍यो । हिमाल ड्रग्सले म्याद नाघेका औषधीहरु बिक्री वितरण गर्न राखेको भेटाएपछि ती औषधीहरु नष्ट गरेको जनाएको छ । ओम समाज डेन्टल फार्मेसी र हेल्पिङ हृयाण्डस फार्मेसीमा पनि म्याद नाघेका र लेवल नभएका औषधिहरु औषधीहरु बेच्न राखेको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment