Comments Add Comment

‘धुम ३’ : पोष्टर चोरी, टेलिभिजनबाट ७५ करोडको अफर

बलिउड नायक आमिर खानले खलनायकको भूमिकामा अभिनय गरेको चलचित्र ‘धुम ३’ को चर्चा अहिले चुलिएको छ । चलचित्रको फष्ट लुक सार्वजनिक भएसँगै यसको चर्चा निक्कै चुलिएको हो ।हालै मात्र चलचित्रको सेटलाइट्स राइटका लागि एक टेलिभिजन कम्पनीले ७५ करोडको अफर गरेको छ । यशराज व्यानरको निर्माणमा बनेका सबैजसो चलचित्र सोनी टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । तर ‘धुम ३’ का लागि भने सोनीको दुश्मन मानिएको अर्को एक टेलिभिजनले ७५ करोडमा सेटलाइट राइट्स खरिद गर्ने प्रस्ताव गरेको छ । तर यस बिषयमा यसका निर्माता आदित्य चोपडाले केही पनि बोलेका छैनन् ।

dhoom-three-copy-poster

यसैबिच आमिर खान अभिनित यो चलचित्रको हालै मात्र सार्वजनिक गरिएको पोष्टर चोरिएको आरोप भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको पोष्टर एक हलिउड सिनेमाबाट नक्कल गरिएको आरोप लगाइएको छ । ‘द डार्क नाइट’ नामक सिनेमाको पोष्टरबाट ‘धुम ३’ को पोष्टर चोरिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment