+
+
Shares

५३ अनलाइन पत्रिका सूचीकरणमा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १८ गते ९:३८

१८ भदौ, काठमाडौं । प्रेस काउन्सिलमा सूचीकरणका लागि देशभरिका ५३ वटा अनलाइन पत्रिकाहरुले आवेदन दिएका छन् । काउन्सिलले आगामी असोज १५ गतेसम्मका लागि सूचीकरणको म्याद थपेको छ । साउन १६ देखि भदौ १५ सम्म एक महिनाको अवधिमा उपत्यका बाहिरबाट ९ वटा र उपत्यकाबाट ४४ वटा अनलाइन पत्रिकाहरु सूचीकरणका लागि निवेदन दिन आएको प्रेस काउन्सिलले जनाएको छ ।

उपत्यका बाहिरबाट धादिङ, बाग्लुङ र सुनसरीबाट अनलाइन पत्रिका सूचीकरणका लागि निवेदन आएका छन् । ललितपुरबाट एउटा अनलाइनले काउन्सिलमा निवेदन दर्ता गराएका छन् भने काठमाडौंबाट ४३ वटा अनलाइन पत्रिकाहरु प्रेस काउन्सिल पुगेका छन् । दर्ता र नियमनको स्पष्ट कानूनी प्रावधान नरहेको अवस्थामा नेपालमा अनलाइन पत्रिकाहरुको बढ्दो विकाससँगै यसलाई नियमन गर्न र जवाफदेही बनाउन भन्दै प्रेस काउन्सिलले सूचीकरणका लागि आह्वान गरेको हो ।

सूचीकरणमा आएका अनलाइनको निवेदनउपर अध्ययन गरी आवश्यक प्रक्रिा अगाडि बढाइने काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?