Comments Add Comment

अरुणिमा तर्क, ‘बिहे गरेपछि बेडसिन दिन झनै सजिलो’

बिहे पश्चात नायिकाहरु सिने नगरीबाट हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् ।बिहे पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई अरुणिमाको छ । हाल सिने नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा प्रदर्शनका लागि तयार छन् ।

arunima-lamsal

बिहे पश्चात पनि नायिकाहरुले बेडसिन दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने तर्क गरिन् । ‘बिषय विवाहको होइन कलाकारिताको हो, यसैले भूमिका कस्तो छ त्यसलाई निर्वाहा गर्नुपर्दछ’, अरुणिमाले भनिन् । अरुणिमाले रमाइलो उतर दिदै भनिन्, ‘बिहे गरेपछि बेडसिन दिन झनै सजिलो हुन्छ नि हैन र ?’

अरुणिमाले यस्तो उत्तर दिएर कुन कुरातर्फ इङकित गर्न खोजेकी हुन् त्यो उनले नै जान्ने कुरा हो । उनको यो जवाफले अझै पनि उनी पर्दामा बेडसिनको अफर आए गर्न तयार छिन् भन्ने देखाउछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment